Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्राधिकरणका ज्यालादारी कर्मचारीद्वारा आन्दोलनको चेतावनी

Pradhikaran-Karmachari-1473688187.jpg

२७ भदौ, हेटौँडा । नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीले व्यवस्थापन समक्ष आन्दोलनको चेतावनी दिएका छन् । लामो समयदेखि कार्यरत दैनिक ज्यालादारी कर्मचारीलाई व्यवस्थापनले स्थायी प्रक्रिया अगाडी नवढाए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 
दैनिक ज्यालादारी संघर्ष समितिको हेटौंडामा भएको केन्द्रिय बैठकले माग पुरा नभए कार्तिक २ गतेदेखि आन्दोलन थाल्ने निर्णय गरेको छ । असोज महिनाभर संगठन सुदृढिकरण अभियान गर्ने, असोज २ गते क्षेत्रीय र केन्द्रिय कार्यालयमा ज्ञापनपत्र बुझाउने, मंसिर ३ देखि ९ गतेसम्म अधिकारकर्मी, ट्रेड युनियन लगायत सरोकारवालाहरुसँग छलफल गर्ने जनाईएको छ । मंसिर ११ गते देशभरबाट काठमाण्डौंमा जम्मा भएका ज्यालादारी कर्मचारीसहितको खुल्ला प्रशिक्षण गर्ने र मंसिर १३ गतेदेखि निर्णायक आन्दोलन गर्ने केन्द्रिय संघर्ष समितिको सार्वजनिक कार्यतालिकमा उल्लेख छ । 
प्राधिकरणमा कर्मचारी अभाव भई कार्य सम्पादनमा अप्ठ्यारो परिरहँदा पनि लामो समयदेखि कार्यरत ज्यालादारी कर्मचारीलाई स्थायित्व दिन पहल नगरेपछि आन्दोलनको घोषणा गरेको संघर्ष समितिका अध्यक्ष नरेन्द्र यादवले बताए । प्राधिकरणमा क्रियाशिल पाँचवटै ट्रेड युनियनले सहमती जनाएपनि ज्यालादारीलाई व्यवस्थापनका लागि वेवास्ता गरेको समितिको भनाई छ । 
प्राधिकरणमा हाल ४ हजार कर्मचारी दरबन्दी रिक्त रहेको छ भने देभर करिव २५ सय कर्मचारी ज्यालादारीमा कार्यरत रहेको समितिले जनाएको छ ।
तस्विर सौ.–राजु पोखरेल


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार