Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अछाम प्रहरीले ग्याङ्ग फाइट गर्ने र प्रहरी कुट्ने ११ जना विरुद्ध मुद्धा चलायो

Screenshot_20241023_16220-1729679888.jpg

७ कार्तिक,मंगलसेन । जिल्ला प्रहरी कार्यालय अछामले  एकसाताको समयमा जिल्लामा भएका छुट्टाछुट्टै दुई घटनामा संलग्न ११ जनालाई पक्राउ गरी  मुद्धा चलाएको छ ।  केहि दिन अघि अछामको बिनायक बजारमा रहेको प्रहरी चेक पोष्टमा आक्रमण गरी ड्युटिमा रहेका प्रहरी माथि हातपात गरी मोबाइल फुटाउने कार्यमा संलग्न रहेका दुई जनालाई सार्वजनिक शान्ति बिरुद्धको कसुरमा र ज्यान मार्ने उद्योगमा फरार रहेका ९ जना गरी ११ जनालाई मुद्धा चलाइएको हो । 
यसरी मुद्धा चलाइएका २ जना पञ्चदेवल बिनायक नगरपालिकाका हुन् भने ९ जना मंगलसेन नगरपालिकाका रहेको अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन् । ड्युटिमा रहेका प्रहरी माथि हातपात गरी मोबाइल फुटाउने कार्यमा संलग्न स्थानिय बिजय भनिने बखत बहादुर शाही र हितेश तिमिल्सिनालाई सार्वजनिक शान्ति बिरुद्धको कसुरमा र आसोज ३० गते जिल्लाको तिमिल्सैन स्थित सैनीगडा मेलामा खुकुरी र फलामको रड प्रयोग गरी बान्नीगढी जयगढ गाउँपालिकाको सुगालीका युवाहरु माथि आक्रमण गर्ने मंगलसेन नगरपालिकाको वडा नम्बर ३ र ४ का नौ जना बिरुद्ध ज्यान मार्ने उद्योग अन्तर्रगत मुद्धा चलाइएको प्रहरी प्रमुख भण्डारीले बताएका छन् । प्रहरीका अनुसार शाही र तिमिल्सिनासंगै अन्य तीन जना मिलेर मदिरा सेवन गरी जथाभावि गालीगलौज गर्दै बिनायकको बिच बजारमा रहेको प्रहरी बिट पल्टाएर  ड्युटीमा रहेका प्रहरी माथि हातपात गरी मोबाइल समेत फुटाएको जनाएको छ । घटना पश्चात फरार रहेका पाँच जना मध्ये शाही र तिमिल्सिना पक्राउ परेपनि अन्य ३ जना फरार रहको जनाइएको छ ।
त्यसैगरी आसोज ३० गते सैनीगडा मेलामा खुकुरी र फलामको रड प्रयोग गरी बान्नीगढी जयगढ गाउँपालिकाको सुगालीका युवाहरु माथि आक्रमण गर्ने र घटनामा प्रत्यक्ष संलग्न ९ जनालाई  पक्राउ गरी जिल्ला अदालत अछामको आदेश अनुसार मुद्धा चलाइएको भण्डारीले बताएका छन् । पक्राउ परेका युवाहरुको आक्रमणबाट सुगालीका बिराज रावल, बिनय रावल र महेन्द्र रावल घाइते भएका थिए । उनीहरुको टाउको, ढाड, घाटी र पिठ्युमा चोट लागको छ भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ । फरार रहेकहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार