Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

Screenshot_20241030_08535-1730258128.jpg

१४ कार्तिक, हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस वर्ष तिहारको समयमा राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ ।

प्रशासनले मंगलबार एक विज्ञप्ति जारी गर्दै राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका  प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालद्वारा जारी विज्ञप्तिमा यसवर्ष तिहारमा देउसी तथा भैलोलगायतका सांस्कृतिक मनोरञ्जनात्मक क्रियाकलाप राति ९ बजेसम्म मात्र सञ्चालन गर्न सूचित गरिएको छ । यस्तै जिल्ला प्रशासन कार्यलय मकवानपुरले चाडपर्वको बहानामा पटाका, भुइँचम्पा तथा आतिसबाजी नगर्न पनि सर्वसाधरणलाई आग्रह गरेको छ । 
पटाका, भुइँचम्पा तथा आतिसबाजीजस्ता प्रज्वलनशील पदार्थको प्रयोगले स्वास्थ्य एवं सुरक्षालगायतका समग्र जनजीवनमा प्रतिकूल असर पर्ने उल्लेख गर्दै सचेत रहन भनेको छ । प्रशासनले त्यस्ता पदार्थको भण्डारण, ओसारपसार, बिक्री–वितरण तथा प्रयोगमा पूर्णरूपमा बन्देज लगाइएको बताउँदै पटकाजन्य पदार्थ पड्काएमा वा बिक्री–वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ । 
चाडवाडको नाममा जुवा, तास खेल्ने खेलाउने जस्ता कानूनले निषेध गरेका क्रियाकलापहरू नगर्न नगराउँन र सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने जस्ता समाजमा अशान्ति सिर्जना गर्ने क्रियाकलापहरू पनि नगर्न भनिएको छ ।
यस्तै, प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा नेपाल सरकारले पूर्णरुपमा रोक लगाएकोले सो कार्य नगर्न नगराउन आग्रह गर्दै विज्ञप्तिमार्फत कानुन विपरीतका गतिविधि, क्रियाकलाप सञ्चालन गर्ने र गराइएको पाइएमा कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । यता मकवानपुर प्रहरीले पनि तिहारमा जुवातास नखेल्न, प्रशासनबाट तोकिएको समयमा मात्र देउसी भैलो खेल्न अनुरोध गरेको छ ।

FB_IMG_1730209666188-1730258128.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार