Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सभामुख श्रेष्ठद्वारा सपथग्रहण

Sapath-Grahan-Shrestha-1518266165.jpg

रुपेश दुलाल
२७ माघ, हेटौँडा ।
३ नम्बर प्रदेशका नवनियुक्त सभामुख सानुकुमार श्रेष्ठले शनिबार अपरान्ह सपथग्रहण गरेका छन् । ३ नम्बर प्रदेशका प्रदेशप्रमुख अनुराधा कोइरालाले प्रदेश कार्यालयमा भएको विशेष कार्यक्रममा सभामुख श्रेष्ठलाई सपथग्रहण गराएकी हुन् । 
सपथग्रहण कार्यक्रममा अहिले सभाध्यक्षता गरिरहनु भएका ज्येष्ठ सदस्य एवं एमाले संसदीय दलका नेता डोरमणी पौडेल, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रदेश सचिवालयका कर्मचारी, प्रदेश कार्यालय कर्मचारी र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । सपथग्रहणपछि प्रतिक्रिया दिंदै सभामुख श्रेष्ठले आफुलाई सर्वसम्म सभामुख चयन गर्न सहयोग गर्ने सबै दललाई धन्यवाद दिंदै प्रदेशको समृद्धिका लागि सबै दललाई मिलाएर अघि बढ्न समन्वयकारी भुमिका निर्वाह गर्ने बताए ।
यसअघि दिउसो ३ बजे बसेको प्रदेशसभा बैठकले श्रेष्ठलाई सर्वसम्मत सभामुख चयन गरेको थियो । सभामुखका लागि प्रस्ताव दर्ता गर्ने समय अवधिसम्म श्रेष्ठको मात्रै उम्मेदवारी परेपछि श्रेष्ठ सर्वसम्मत भएका हुन् । उनको प्रस्तावकमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमरकट्टेल र समर्थकमा एमालेका प्रदेशसभा सदस्य रामेश्वर फुँयाल रहेका थिए । ५८ बर्षिय श्रेष्ठ काठमाण्डौं क्षेत्र नम्बर १ (क) का निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
आइतबार दिउँसो २ बजे उपसभामुखको चयन हुने कार्यतालिका प्रदेशसभा सचिवालयको छ । उपसभामुखमा बामगठबन्धनको समर्थनमा माओवादी केन्द्रकी प्रदेशसभा सदस्य राधिका तामाङले उम्मेदवारी दिने जनाईएको छ । कांग्रेसले आफ्नो दलबाट वा तामाङ बाहेक अर्को उम्मेदवारलाई मतदान गर्न सक्ने कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले संचारकर्मीहरुसंगको कुराकानीमा संकेत गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार