रुपेश दुलाल
२७ माघ, हेटौँडा । ३ नम्बर प्रदेशका नवनियुक्त सभामुख सानुकुमार श्रेष्ठले शनिबार अपरान्ह सपथग्रहण गरेका छन् । ३ नम्बर प्रदेशका प्रदेशप्रमुख अनुराधा कोइरालाले प्रदेश कार्यालयमा भएको विशेष कार्यक्रममा सभामुख श्रेष्ठलाई सपथग्रहण गराएकी हुन् ।
सपथग्रहण कार्यक्रममा अहिले सभाध्यक्षता गरिरहनु भएका ज्येष्ठ सदस्य एवं एमाले संसदीय दलका नेता डोरमणी पौडेल, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रदेश सचिवालयका कर्मचारी, प्रदेश कार्यालय कर्मचारी र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । सपथग्रहणपछि प्रतिक्रिया दिंदै सभामुख श्रेष्ठले आफुलाई सर्वसम्म सभामुख चयन गर्न सहयोग गर्ने सबै दललाई धन्यवाद दिंदै प्रदेशको समृद्धिका लागि सबै दललाई मिलाएर अघि बढ्न समन्वयकारी भुमिका निर्वाह गर्ने बताए ।
यसअघि दिउसो ३ बजे बसेको प्रदेशसभा बैठकले श्रेष्ठलाई सर्वसम्मत सभामुख चयन गरेको थियो । सभामुखका लागि प्रस्ताव दर्ता गर्ने समय अवधिसम्म श्रेष्ठको मात्रै उम्मेदवारी परेपछि श्रेष्ठ सर्वसम्मत भएका हुन् । उनको प्रस्तावकमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमरकट्टेल र समर्थकमा एमालेका प्रदेशसभा सदस्य रामेश्वर फुँयाल रहेका थिए । ५८ बर्षिय श्रेष्ठ काठमाण्डौं क्षेत्र नम्बर १ (क) का निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
आइतबार दिउँसो २ बजे उपसभामुखको चयन हुने कार्यतालिका प्रदेशसभा सचिवालयको छ । उपसभामुखमा बामगठबन्धनको समर्थनमा माओवादी केन्द्रकी प्रदेशसभा सदस्य राधिका तामाङले उम्मेदवारी दिने जनाईएको छ । कांग्रेसले आफ्नो दलबाट वा तामाङ बाहेक अर्को उम्मेदवारलाई मतदान गर्न सक्ने कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले संचारकर्मीहरुसंगको कुराकानीमा संकेत गरे ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



