१७ कार्तिक, हेटौंडा । आज गाईको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।
गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
आजै वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ ।
त्यस्तै, आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।
२७ मंसिर, हेटौंडा। मकवानपुरको बकैयामा करेन्ट लागेर एक व्यक्ति गम्भीर घाइते भएका छन्। बुधबार अपरान्ह...
२७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलले भारतीय समकक्षीबीच भेट भएको छ । भारतीय...
२७ मंसिर, हेटौंडा । जाजरकोटमा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका–३...
२७ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा...
२६ मंसिर, हेटाैंडा। नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ।...
२६ मंसिर, चैनपुर। बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल...
२६ मंसिर, हेटाैंडा। हेटौंडा गए राति भएको छुट्टा छुट्टै दुर्घटना दुई जनाको मृत्यु भएको छ।मंगलबार राति पुर्व...
२६ मंसिर, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश छ...
२६ मंसिर, हेटौंडा । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल भारतको नयाँ दिल्ली गएका छन् । प्रधान...
१७ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद...
१९ मंसिर, हेटौंडा । हेटौंडा- धरान चतरा सडक अन्तरगत मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ । बस दुर्घटनामा ९...
२२ मंसिर, हेटौंडा। साेसल स्टडिज टिचर्स एसाेशियसन (साेस्टा) नेपाल हेटौंडा उपमहानगरपालिमा मान कुमार दाहालको...
२० मंसिर, हेटौंडा। हेटौंडा १२ बिचरोडमा आगलागी पिडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। मंसिर १६ गते स्थानीय...
१४ मंसिर, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-६ मा भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । घाइते...
२१ मंसिर, हेटाैडा । हेटाैडा ६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल विकास संस्थाकाे २५ औ वार्षिक साधारणसभा ...
१४ मंसिर, हेटाैंडा। हेटौंडा-६ मा अटोले ठक्कर दिंदा गम्भीर घाइते भएका व्यक्तिको मृत्यु भएको छ। शुक्रबार बिहान...
२२ मंसिर, हेटौंडा । काेइराला सेवा समाज नेपाल मकवानपुर/ पर्सा शाखाको ९ औ अधिवेशन सम्पन्न भएको छ। हेटौंडा ७...
१४ मंसिर, हेटौंडा। साताको छैठौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १६००...