Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

मकवानपुरमा विष्फोटक पदार्थ र हतियारसहित पक्राउ

Police-Photo-1518280405.jpg

Photo : DPO

२७ माघ, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले  विष्फोटक पदार्थ र हतियारसहित एक दम्पत्तिलाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा मनहरी गाउँपालिकाका वडा नम्बर ५ डिल्लीपुरका ३२ बर्षिय रामबहादुर मोक्तान र उनकी ३० बर्षिया श्रीमती दिलमाया रहेका छन् । उनीहरुलाई प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुको बयानका आधारमा ससुरालीमा लुकाई राखेको ससुरालीबाट विष्फोटक पदार्थ र हतियार बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले बताए । 
प्रहरीले कटुवा पेस्तोल, तयारी अवस्थाको कुकर बम,  ईन्सासको गोली २ थान, ८ एमएमको गोली २ थान, कुकर बम पड्काउने रिमोट, सुतली बम २ थान, बारुद आधा किलो, ६ थान डेटोनेटर, नेपाली सेनाको जस्तो ड्रेस लगायतका सामग्री बरामद गरेको छ । 
माघ २४ गते मनहरी–९ स्थित सानोभावर जंगलमा हेटौँडा–१९ का शरण गोलेलाई गोली हानेर घाइते बनाएको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरुको साथबाट विष्फोटक पदार्थ बरामद भएको प्रहरी उपरीक्षक खनालले बताए । 
मोक्तान दम्पत्तिलाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ । ठूलो परिणामा विष्फोट पदार्थ, हतियार र अन्य सामग्री किन भण्डारण गरेको बारे थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक खनालको भनाई छ ।
गोली प्रहरीबाट घाइते हेटौँडा–१९ का शरण गोलेको चितवनमा उपचार भईरहेको छ ।
के के बरामद गर्यो प्रहरीले ?
१. कटुवा पेस्तोल थान–१,                           २. तयारी अवस्थाको कुकर बम थान–१,
३. ईन्सासको गोली राउण्ड थान–२,              ४. ८ एमएम लेखेको गोली राउण्ड थान–२
५. कुकर बम पड्काउने रिमोट थान–१,          ६. सुतली बम थान–२, 
७. बारुद आधा किलो ।                               ८. डेटकट आधा मिटर ।
९. डेटोनेटर थान –६,                                १०. पहेंलो गन्धक पदार्थ थान–१,
११. म्याक्सेल लेखेको ब्याट्री थान–२,          १२. गाडीको वेरिङ्गको छर्रा थान–११,    
१३. रडको टुक्रा थान–५,                            १४. कैची थान–१,        
१५. कालो टेप थान–१,                             १६. रेती थान–१,    
१७. खाक्सी आधा मिटर ।                        १८. नेपाली सेनाका जस्तो हरियो कम्ब्याड ड्रेस थान–१


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg