Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मकवानपुरमा विष्फोटक पदार्थ र हतियारसहित पक्राउ

Police-Photo-1518280405.jpg

Photo : DPO

२७ माघ, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले  विष्फोटक पदार्थ र हतियारसहित एक दम्पत्तिलाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा मनहरी गाउँपालिकाका वडा नम्बर ५ डिल्लीपुरका ३२ बर्षिय रामबहादुर मोक्तान र उनकी ३० बर्षिया श्रीमती दिलमाया रहेका छन् । उनीहरुलाई प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुको बयानका आधारमा ससुरालीमा लुकाई राखेको ससुरालीबाट विष्फोटक पदार्थ र हतियार बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले बताए । 
प्रहरीले कटुवा पेस्तोल, तयारी अवस्थाको कुकर बम,  ईन्सासको गोली २ थान, ८ एमएमको गोली २ थान, कुकर बम पड्काउने रिमोट, सुतली बम २ थान, बारुद आधा किलो, ६ थान डेटोनेटर, नेपाली सेनाको जस्तो ड्रेस लगायतका सामग्री बरामद गरेको छ । 
माघ २४ गते मनहरी–९ स्थित सानोभावर जंगलमा हेटौँडा–१९ का शरण गोलेलाई गोली हानेर घाइते बनाएको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरुको साथबाट विष्फोटक पदार्थ बरामद भएको प्रहरी उपरीक्षक खनालले बताए । 
मोक्तान दम्पत्तिलाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ । ठूलो परिणामा विष्फोट पदार्थ, हतियार र अन्य सामग्री किन भण्डारण गरेको बारे थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक खनालको भनाई छ ।
गोली प्रहरीबाट घाइते हेटौँडा–१९ का शरण गोलेको चितवनमा उपचार भईरहेको छ ।
के के बरामद गर्यो प्रहरीले ?
१. कटुवा पेस्तोल थान–१,                           २. तयारी अवस्थाको कुकर बम थान–१,
३. ईन्सासको गोली राउण्ड थान–२,              ४. ८ एमएम लेखेको गोली राउण्ड थान–२
५. कुकर बम पड्काउने रिमोट थान–१,          ६. सुतली बम थान–२, 
७. बारुद आधा किलो ।                               ८. डेटकट आधा मिटर ।
९. डेटोनेटर थान –६,                                १०. पहेंलो गन्धक पदार्थ थान–१,
११. म्याक्सेल लेखेको ब्याट्री थान–२,          १२. गाडीको वेरिङ्गको छर्रा थान–११,    
१३. रडको टुक्रा थान–५,                            १४. कैची थान–१,        
१५. कालो टेप थान–१,                             १६. रेती थान–१,    
१७. खाक्सी आधा मिटर ।                        १८. नेपाली सेनाका जस्तो हरियो कम्ब्याड ड्रेस थान–१


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको थाहानगरमा लोडेरमा च्यापिएर हेल्परको मृत्यु
images-1714829938.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको  ज्यान गएको छ। शनिबार दिउँसो  थाहा ९...

पत्रकार होम कार्कीलाई पितृशोक
hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...

हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने
IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

थप समाचार