Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

कला/संस्कृति

हरिबोधनी एकादशी पर्व मनाइदै

Screenshot_20241112_10092-1731385501.jpg

२७ कार्तिक, हेटौंडा । आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी पर्व मनाइदै छ । आजैका दिन असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिएको औषधिको गुणले युक्त तुलसीको आजै विवाह गरिदिने प्रचलन रहेको छ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् ।
विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ । सो समयमा खोला, नदीनालामा बाढी आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा गर्नु अशुभ मानिन्छ ।
हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ ।
तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिंग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ ।
तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भन्ने धारणा रहेको छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।
तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन् । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै
nepali-cricket-team-2-1750308459.jpg

५ असार, हेटौंडा । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1750307708.jpg

५ असार, हेटौंडा । हाल कोशी, मधेश, बागमती, गण्डकी र प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै...

हेटौंडा १९ मा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु
IMG_1053-1691907138-1750253146.png

४ असार, हेटौंडा। हेटौंडामा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ। बुधबार दिउँसो हेटौंडा १९  नेवारपानीमा...

हेटौंडा १ का वडाध्यक्ष न्यौपाने माथि मोबिल छ्यापियो, कांग्रेस मकवानपुरको भर्त्सना
IMG_20250618_181523-1750250100.jpg

४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव...

मनहरी घर भएका *चन्द्रको बारामा बाघको आक्रमणबाट मृत्यु
download-1750228913.jpg

४ असार, हेटौंडा। मकवानपुरको  मनहरी घर भएका एक व्यक्तिको बाघको आक्रमणबाट ज्यान गएको छ। मकवानपुरको मनहरी घर भई ...

हेटौंडा १६ बाट ५ जना जुवाडे पक्राउ
102-1750211831.jpg

४ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ बाट ५ जना जुवाडे पक्राउ परेका छन् ।हेटौंडा १६ गौरीटार...

स्कटल्याण्ड नेपालसंग पराजित
20250618_070115-1750209399.jpg

४ असार, हेटौंडा । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा नेपालले घरेलु...

एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1750208384.jpg

४ असार, हेटौंडा । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै...

सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घट्यो
gold-1750141887.png

३ असार, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले...

थप समाचार