Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपालद्वारा १२ वर्षपछि अफगानिस्तान पराजित

Screenshot_20241113_10235-1731806535.jpg

२ मंसिर, हेटौंडा । नेपालले १२ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत ताजिकिस्तानको डुसान्बे रङ्गशालामा शनिबार भएको खेलमा नेपालले अफगानिस्तानलाई २-० ले पराजित गर्यो।
डिफेन्डर रोहित चन्दको करियरकै पहिलो गोल गरेको खेलमा नेपालले तुलनात्मक रुपमा बलियो ठानिएको अफगानिस्तानमाथि जित हासिल गर्यो। यसअघि अफगानिस्तानविरुद्ध एएफसी च्यालेन्ज कपको छनोटका दौरान २०१२ मा भएको खेलमा भरत खवासले गोल गर्दै नेपाललाई जित दिलाएका थिए। त्यसयता यो दोस्रो जित हो।
त्यसपछि नेपालले अफगानिस्तानविरुद्ध दुई खेल खेलेको थियो दुबै खेल नेपालमा पराजित भएको थियो। साफ च्याम्पियनसिप अन्तर्गत २०११ मा र २०१३ मा नेपालले प्रतिस्पर्धा गरेको थियो। रोहितले यसअघि काठमाडौंमा भएको साफमा पेनाल्टीको अवसर गुमाए पनि यो पटक उनले कुनै गल्ती गरेनन्।
खेलको पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरूआतमै जेलस्पीजंग कार्कीको गोलमा नेपालले अग्रता लियो। ७८औं मिनेटमा रोहितले करियरकै पहिलो गोल गरे। सन् २००९ मा प्यालिस्टाइनविरुद्ध १७ वर्षकै उमेरमा उनले राष्ट्रिय टोलीमा डेब्यु गरेपछिको यो पहिलो गोल हो। उनी नेपालको भरपर्दो डिफेन्डरका रुमपा रहेका छन्।
यसअघि नेपालले बुधबार भएको खेलमा फिफा वरीयतामा ५१ स्थानमाथिको घरेलु टिम ताजिकिस्तानविरुद्ध ४-० को हार बेहोरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार