Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मकवानपुरमा   लागुऔषध सहित ४ पक्राउ

jilla-plolice-1518454329.jpg

२९ माघ, हेटौँडा । मकवानपुर प्रहरीले  दुई दिनमा छुट्टा छुट्टै स्थानबाट ४ जना व्यक्तिहरुलाई लागुऔषध सहित पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार पत्रकार भेटघाटको आयोजना गर्दै यो बिषयमा जानकारी गराएको हो ।  लागुऔषध सहित पक्राउ  पर्नेमा काठमाण्डौ महानगरपालिका वडा नम्बर ३१ बाग बजार बस्ने वर्ष ४९ को सनिम दिन,त्यसैगरी  पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने अन्दाजी ५५ वर्षका बिश्वनाथ चौधरी, मकवानपुर गढीगाउँपालिका वडा नम्बर ५ बुंदोलेका ७३ वर्षीय लालमान ब्लोन र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ बस्ने वर्ष २० को संदिप क्षेत्री रहेका  छन  ।

 
प्रहरीका अनुसार माघ २८ गते ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रातोमाटे चेक पोष्टमा विरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको बा १ ज २०२२ नम्बरको यात्रुवाहक सुमोलाई रोकी जाँच गर्ने क्रममा  सुमोमा सवार सनिम दिनलाई डाईजेपाम १०० एम्पुल, फेनारगन १०० एम्पुल, ब्युपोनर्फिन ९९ एम्पुल गरी २९९ एम्पुलका साथै उनले बोकेको कालो ब्याग भित्र ९ पत्तामा २७० ट्याब्लेट र २ पत्ता २३ ट्याब्लेट गरी जम्मा २९३ ट्याब्लेट लागू औषध नाईट्रोभेट र प्लाष्टिकको पोकामा २० ग्राम लागु औषध खैरो हेरोईन सहित  पक्राउ गरिएको हो । 
त्यसैगरी  माघ २९ गते ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले रातोमाटे चेक पोष्टमा हेटौँडाबाट बारातर्फ जाँदै गरेको बा५ ख४९४० नम्बरको यात्रुवाहक बसलाई रोकी जाँच गर्ने क्रममा  बसमा सवार पर्सा घर भएका बिश्वनाथ चौधरीलाई लागुऔषध गाँजा २ किलो ५० ग्राम  सहित पक्राउ गरिएको थियो । 
त्यस्तै माघ २९ गते नै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गढीगाउँपालिका वडा नम्बर ५ का  लालमान ब्लोनको घरमा खानतलासी गर्दा  घरको विभिन्न स्थानमा  ४ वटा प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको  ४ किलो ६९० ग्राम  गाजा सहित  नियन्त्रणमा लिइएको थियो  । 
त्यस्तै माघ २८ गते ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले रातोमाटे चेक पोष्टमा हेटाँैडाबाट पथलैया तर्फ जादै गरेको ना.५ ख.४५२३ नम्बरको यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा जितपुर सिमरा १ का   संदिप क्षेत्रीलाई औषध गाँजा १३० ग्राम सहित नियन्त्रणमा लिईएको थियो  । पक्राउ परेका सबैलाई  लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको  मकवानपुर प्रहरीले जनाएको  छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

थप समाचार