Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

किवानिज क्लब हेटौंडाको पद हस्तान्तरण

43eb2e64-40bb-43b3-82ff-4-1733022800.jpg

१६ मंसिर, हेटौंडा । किवानिज क्लब हेटौंडाको पद हस्तान्तरण भएको छ । अन्तर्राष्ट्रिय संस्था किवानिज क्लब हेटौंडाको वर्ष २०२३/२४ का अध्यक्ष सुवर्णकेशर लामिछानेले वर्ष २०२४/२५ का अध्यक्ष गंगा पौडेललाई पद हस्तान्तरण गरेका हुन् । 

किवानिज क्लब हेटौंडाका वर्ष २०२३/२४ का अध्यक्ष लामिछानेको सभाध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा किवानिज क्लव नेपालका निवर्तमान गभर्नर तीर्थकुमार सिंहले बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाको रुपमा सन २०१५ देखि नेपालमा सक्रिय रहेको बताए । 

यो संस्थाले १८ वर्ष मुनीका बालबालिकालाई शिक्षा, स्वास्थ्य, खेलकुद, नेतृत्वविकास लगायतका क्षेत्रमा सहयोग गरिरहेको उनले बताए । कार्यक्रममा बिशिष्ठ अतिथि हेटौंडा उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले बालबालिकाको क्षेत्रमा राम्रो काम गरिरहेको बिवानिजलाई वडाको तर्फबाट पनि आवश्यक सहयोग हुने बताए । 

किवानिज नेपालका भाइस गभर्नर रामहरि सुबेदी, किवानिज नेपालका सचिव शिबबहादुर काफ्ले, किवानिज चाइल्ड फण्ड चियरपर्सन गोपीमान श्रेष्ठ, डिभिजन–३ का साउथ एलटी गभर्नर डा. अनुपमा श्रेष्ठको उपस्थितिमा पद हस्तान्तरण भएको हो । गत सेप्टेम्बर महिनामा भएको निर्वाचन कार्यक्रमले अध्यक्ष पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको भएपनि शनिबार हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा किवानिज क्लबका मकवानपुरका संस्थापक अध्यक्ष तीर्थराज पराजुली, उपाध्यक्ष भानुभक्त आचार्य, सदस्य पूर्णप्रसाद अर्याललगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार