२२ मंसिर,हेटौंडा । नेपाली कांग्रेसले कैलाश गाउँपालिकाकाे ४ वटा वडाको पार्टीका क्रियाशिल सदस्य र जनप्रतिनिधिबीच संयुक्त प्रशिक्षण कार्यक्रम गरेको छ ।
कांग्रेस कैलाश ६ नम्बर वडाको आयोजना तथा कैलाश गाउँपालिका कार्यसमितिको समन्वयमा कैलाश ६ को पकनीमा शनिबार कैलाश १,२,५ र ६ नम्बर वडाको संयुक्त प्रशिक्षण कार्यक्रम भएको हो ।
कांग्रेस कैलाश ६ का वडा सभापति कृष्णबहादुर मोक्तानको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेसका जिल्ला सभापति बुद्ध लामा, बागमती प्रदेश सदस्य चम्फुरत्न लामा, जिल्ला प्रवक्ता अर्जुन चौलागाईंलगायतले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा कांग्रेसको स्थापना, इतिहास, कांग्रेस नेतृत्वको सरकार हुँदा जनतासामु गरेका मुख्य काम, कांग्रेसका मुख्य नेताहरूको परिचय, राष्ट्रियता, लोकतन्त्र र समाजवाद्, कांग्रेसको सदस्यता, आचरण व्यवहार र संगठन गर्दा ध्यान दिनुपर्ने विषयलगायत पार्टीको नीतिनियमबारे प्रशिक्षण दिइएको थियोे । प्रशिक्षणमा बोल्दै प्रमुख अतिथि बानियाँले जनप्रतिनिधि पार्टी र जनताको प्रतिनिधि भएकाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निस्वार्थरुपमा काम गर्नुपर्ने बताउँदै जनप्रतिनिधिमा निर्वाचित गराउनका लागि पार्टीका हजारौँ कार्यकर्ताले पसिना बगाएको कुरा पदमा रहेकाहरूले भुल्न नहुने बताए ।नेता बानियाँले जनप्रतिनिधिले पार्टीसँग सल्लाह नगरी काम गर्दा जनप्रतिनिधि र पार्टी बीच सम्बन्ध बिग्रिदा पार्टीको सङ्गठन विस्तारमा समस्या हुने भएकाले जनप्रतिनिधि र पार्टीबीच समन्वय र सल्लाह गरेर अघि बढ्न निर्देशन दिए ।
कार्यक्रममा कांग्रेस प्रतिनिधिसभा २ का संघीय सभापति लोक मोक्तान, महासमिति सदस्य भरत लामा, महाधिवेशन प्रतिनिधि रत्नबहादुर गोले, कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङ, कोषाध्यक्ष एन्जिला भ्लोन, दलित संघका केन्द्रीय सदस्य गौरव विक, प्रदेश प्रतिनिधि बेलबहादुर मोक्तान, क्षेत्रीय प्रतिनिधि तेजबहादुर भ्लोनलगायतले मन्तव्य व्यक्त गरेका थिए । ४ वडाका कांग्रेस पार्टी प्रतिनिधि तथा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि गरी एकसय ५० भन्दा बढीको सहभागिता रहेको प्रशिक्षणमा विभिन्न पार्टी परित्याग गरि ४० जना कांग्रेसमा प्रवेश गरेका थिए ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)