Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पत्रकार महासंघ मकवानपुर अध्यक्षमा पोष्टराजसहित ५ जनाको उम्मेदवारी

Screenshot_20241211_19572-1733926472.jpg

२६ मंसिर, हेटाैंडा। नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको अध्यक्षका लागि ५  जनाको उम्मेदवारी परेको छ। मंसिर २८ गते शुक्रबार हुने निर्वाचनका लागि आज भएको मनोनयन दर्ता कार्यक्रममा अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको हो।अध्यक्ष पदका लागि पोष्टराज अधिकारी(कुमार) बालकृष्ण अधिकारीले, अञ्जली थापा, सुरेश श्रेष्ठ र शिव कुमार रिजालको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक भानुभक्त आचार्यले जानकारी दिएका छन्।

त्यसैगरी उपाध्यक्ष (खुल्ला) मा गणेश अधिकारी,ध्रुव अधिकारी र रविन्द्र गौतमले उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष महिलातर्फ भावना रिजाल र प्रतिक्षा न्यौपानेले उम्मेदवारी दर्ता भएको छ। सचिव पदका ३ जनाको मनोनयन परेको छ । सचिव पदमा उम्मेदवारी दिनेमा केशव सुवेदी, इन्द्रबहादुर बञ्जरा र अशोक सुजन श्रेष्ठ रहेका छन्। 

त्यसैगरी कोषाध्यक्षमा प्रदिप अधिकारी र एमपी शर्मा, सह–सचिव (खुल्ला)मा विश्वराम अधिकारी र शिवप्रसाद चौलागाईको उम्मेदवारी दर्ता भएको छ।

सहसचिव (समावेशी)मा सन्नु रिजाल र रुपा गुरुङ, सदस्य (दलित) मा संजीव सुनार र सुमित विश्वकर्मा, सदस्य (महिला) मा स्मिता अर्जेल र जमुना थिङ, सदस्य (जनजाति) मा सानुमाया गुरुङ र जयराम मोक्तानले उम्मेदवारी दिएका छन्। आवश्यक ६ जनाको खुल्ला सदस्यमा १३ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा जीवराज बख्रेल, कृष्णा विष्ट (सुनिता), कुमारमणि हुमागाईँ, मञ्जिता मैनाली, श्रीराम अर्जुन दहाल, रविन ढुंगाना, सरोज पौडेल, सुमन दाहाल, विवेक सिन्तान, अशेष ढुंगाना, अनिल पराजुली र नवराज वाइवाको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक आचार्यले जानकारी दिएका छन्। त्यसैगरी केन्द्रीय परिषद् सदस्यमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ। कमलचन्द्र सुमन, नवराज शर्मा र सुजन विडारीले केन्द्रीय परिषद सदस्यमा मनोनयन दर्ता गरेका छन्। 

त्यसैगरी सदस्य (मधेसी) मा मनिल महतो  प्रदेश परिषद् सदस्यमा ६ जना निर्विरोध निर्वाचित भएका छन्। प्रदेश परिषद सदस्य तर्फ सुनिल सिवाकोटी, कपिल खड्का, अनिष लुइँटेल, सरला अधिकारी, बलराम पुडासैनी र नवीन आलेमगर रहेका छन् भने केन्द्रीय परिषद् सदस्य (समावेशी) तर्फ कृष्णराम परियार निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक भानुभक्त आचार्यले बताए। महासंघको मकवानपुर सहित प्रदेश र केन्द्रीय कार्य समितिका लागि  शुक्रबार मतदान हुदैछ। ३ वर्षे कार्यकाल रहने नयाँ कार्य समितिमा एक सय १७ जना पत्रकारले मतदान गर्नेछन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

थप समाचार