Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

थाहा संचारद्वारा पुस्तक सहयोग

Book-Donation1-1518597009.jpg

२ फागुन, हेटौँडा । विन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ ले बुधबार मनहरी गाउँपालिकाको रजैयास्थित अग्निहोत्री आश्रमलाई धार्मिक पुस्तक सहयोग गरेको छ । 
रेडियोको दशौं बार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन रेडियोका संरक्षक एवं संचालक अजेयराज सुमार्गीले आश्रमका गुरु डा. सिताराम खनाललाई आश्रममै पुगेर पुस्तक हस्तान्तरण गरेका हुन् । पुस्तक वितरण गर्दै रेडियोका संरक्षक सुमार्गीले आगामी दिनमा पनि आश्रमलाई आवश्यक पुस्तक उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । रेडियोले शुक्र नीति, शुक्ल एर्जुवेद संहिता, चाणक्य नीति, कौटिल्य अर्थशास्त्र लगायतका पुस्तक आश्रमलाई सहयोग गरेको रेडियोका स्टेशन म्यानेजर मणीराज गौतमले बताए । 
कार्यक्रममा विन्दवासिनी मिडिया प्रालिका अध्यक्ष अस्मिता सुमार्गी, सञ्चालकद्वय अरुणराज सुमार्गी, अंकिता सुमार्गीसहित रेडियोका कर्मचारीहरुको सहभागिता रहेको थियो । ६ वर्ष अघि स्थापना भएको आश्रममा १२ जना विद्यार्थीहरु वैद्धिक पद्धति लगायतको अध्ययन गरिरहेका छन् । 
वार्षिकोत्सव कार्यक्रम अन्तर्गत विहिबार थाहा दर्शनको बारेमा ‘समकालिन राजनीतिक कति जनमुखी’ विषयक अन्तरक्रिया गर्ने, फागुन ४ गते हेटौँडाको बुद्ध चोकमा रक्तदान कार्यक्रम, ५ गते साईकल ¥यालि तथा विश्व साईकल यात्री पुष्कर शाहलाई सम्मान, ६ गते वक्तृत्वकला प्रतियोगिता र अन्तिम दिन फागुन ७ गते कवि गोष्ठी एवं थाहा सम्मान कार्यक्रमसहित वार्षिकोत्सव समापन गरिने म्यानेजर गौतमले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार