४ पुस, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा सुदुरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाएको छ।
बुधबार भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदुरपश्चिम फाइनलमा स्थान बनाएको हो।
जनकपुरले आज दोस्रो क्वालिफायरमा कर्णालीविरुद्ध पुनः एकपटक फाइनल प्रवेशको अवसरका लागि प्रतिस्पर्धाको मौका पाउने छ।
टियू मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले ९ बल बाँकी हुँदा २ विकेट गुमाएर पुरा गर्यो।
सुदूरपश्चिमको सहज जितमा ओपनर बिनोद भण्डारीले ५५ बलमा ५८ रनको अर्धशतकीय अविजित इनिङ खेले। त्यस्तै ब्रान्डन म्याकमुलनले २५ रन बनाउँदा दिपेन्द्र सिंह ऐरी २० रनमा अविजित रहे।
त्यसअघि ओपनर साइफ जैबले ३२ रन बनाएका थिए। जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले समान १-१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो।
जनकपुरका लागि जिमी निसमले २३ बलमा ४५ रनको इनिङ खेलेका थिए। उनी बाहेक थप दोहोरो स्कोरका रुपमा कप्तान आसिफ शेखले ११ रन बनाउँदा लाहिरु मिलन्था १२ रनमा आउट भए।
त्यस्तै शुभ कंसकार २६ रनमा आउट हुँदा हर्ष थकर १२ रनमा पेभिलियन फर्किएका थिए। त्यस्तै अरनिको यादव ११ रनमा आउट भएका थिए। सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिँदा साइफ जइबले २ विकेट हात पारे। त्यस्तै स्कट कुग्लिङ् र अभिनाष बोहराले समान १-१ विकेट लिए ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







