Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सुदुरपश्चिम रोयल्सले फाइनलमा स्थान बनायो

Screenshot_20241219_07262-1734572540.jpg

४ पुस, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा सुदुरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाएको छ।
बुधबार भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदुरपश्चिम फाइनलमा स्थान बनाएको हो।
जनकपुरले आज दोस्रो क्वालिफायरमा कर्णालीविरुद्ध पुनः एकपटक फाइनल प्रवेशको अवसरका लागि प्रतिस्पर्धाको मौका पाउने छ।
टियू मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले ९ बल बाँकी हुँदा २ विकेट गुमाएर पुरा गर्यो।
सुदूरपश्चिमको सहज जितमा ओपनर बिनोद भण्डारीले ५५ बलमा ५८ रनको अर्धशतकीय अविजित इनिङ खेले। त्यस्तै ब्रान्डन म्याकमुलनले २५ रन बनाउँदा दिपेन्द्र सिंह ऐरी २० रनमा अविजित रहे।
त्यसअघि ओपनर साइफ जैबले ३२ रन बनाएका थिए। जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले समान १-१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो।
जनकपुरका लागि जिमी निसमले २३ बलमा ४५ रनको इनिङ खेलेका थिए। उनी बाहेक थप दोहोरो स्कोरका रुपमा कप्तान आसिफ शेखले ११ रन बनाउँदा लाहिरु मिलन्था १२ रनमा आउट भए।
त्यस्तै शुभ कंसकार २६ रनमा आउट हुँदा हर्ष थकर १२ रनमा पेभिलियन फर्किएका थिए। त्यस्तै अरनिको यादव ११ रनमा आउट भएका थिए। सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिँदा साइफ जइबले २ विकेट हात पारे। त्यस्तै स्कट कुग्लिङ् र अभिनाष बोहराले समान १-१ विकेट लिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार