Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौँडा गोल्डकपको पहिलो खेल मनाङ र एपिएफबीच

28170478_1512122642218317-1518618968.jpg

२ फागुन, हेटौँडा । तेश्रो हेटौँडा गोल्डकपको पहिलो खेलमा साविकको उपविजेता मनाङ मस्र्याङ्दी र एपिएफ भिडने भएका छन् । 
आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले  हेटौँडामा गरेको पत्रकार सम्मेलनमा फागुन ५ गते बाट हेटौँडाको वन विज्ञान सस्थानको खेल मैदानमा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । प्रतियोगिताको दाश्रो दिन आयोजक विजय युथ क्लब र नेपाल पुलिस क्लबबिच भिडन्त हुने छ । तेश्रो दिन फागुन ७ गते साविक विजेता त्रिभुवन आर्मी र सुदुरपश्चिम ११ तथा समुह चरणको अन्तिम खेलमा फागुन ८ गते थ्रि स्टार क्लब र संकटा क्लबबिच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक समेत रहेका प्रतिष्ठानका उपाध्यक्ष विशाल घोषले बताए । 
प्रतियोगिताको लागि ६० लाख रुपैँया लागत लाग्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । फागुन १२ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता क्लबले नगद ३ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन भने उत्कृष्ट विधाका पाँच जनाले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । 
प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले नगद पाँच हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागि दर्शकको लागि ३ हजार जना अटने प्याराफिटको समेत ब्यवस्था गरिएको आयोजकको भनाई रहेको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष भेष खड्गी सहितका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार