Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

हेटौँडा गोल्डकपको पहिलो खेल मनाङ र एपिएफबीच

28170478_1512122642218317-1518618968.jpg

२ फागुन, हेटौँडा । तेश्रो हेटौँडा गोल्डकपको पहिलो खेलमा साविकको उपविजेता मनाङ मस्र्याङ्दी र एपिएफ भिडने भएका छन् । 
आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले  हेटौँडामा गरेको पत्रकार सम्मेलनमा फागुन ५ गते बाट हेटौँडाको वन विज्ञान सस्थानको खेल मैदानमा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । प्रतियोगिताको दाश्रो दिन आयोजक विजय युथ क्लब र नेपाल पुलिस क्लबबिच भिडन्त हुने छ । तेश्रो दिन फागुन ७ गते साविक विजेता त्रिभुवन आर्मी र सुदुरपश्चिम ११ तथा समुह चरणको अन्तिम खेलमा फागुन ८ गते थ्रि स्टार क्लब र संकटा क्लबबिच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक समेत रहेका प्रतिष्ठानका उपाध्यक्ष विशाल घोषले बताए । 
प्रतियोगिताको लागि ६० लाख रुपैँया लागत लाग्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । फागुन १२ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता क्लबले नगद ३ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन भने उत्कृष्ट विधाका पाँच जनाले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । 
प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले नगद पाँच हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागि दर्शकको लागि ३ हजार जना अटने प्याराफिटको समेत ब्यवस्था गरिएको आयोजकको भनाई रहेको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष भेष खड्गी सहितका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

आज संघीय बजेट प्रस्तुत हुँदै
Screenshot_20260529_07214-1780018642.jpg

१५ जेठ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780018292.jpg

१५ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779930946.jpg

१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg