Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शिक्षक संघ हेटौंडाको छैठौ स्थानीय प्रतिनिधिसभा सम्पन्न, ४ शिक्षक संघमा प्रवेश

Screenshot_20241221_18595-1734787090.jpg

६ पुस,हेटौंडा।नेपाल शिक्षक संघ हेटौंडा नगर कार्य समितिको छैठौ स्थानिय प्रतिनिधि सभाको बैठक सम्पन्न गरेको छ। शनिबार हेटौंडामा भएको भेलाले छैठौं स्थानिय प्रतिनिधि सभाको बैठक सम्पन्न गरेको हो।संघका हेटौंडा नगर कार्य समितिका अध्यक्ष मन्दिरा घिमिरेको सभाध्यक्षता तथा संघका बागमती प्रदेश अध्यक्ष दीपक सिंखडाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा हेटाैडाका उप मेयर राजेश बानियाँ, हेटाैंडा उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक तथा १६ नम्बर वडाध्यक्ष रामकृष्ण कोइराला, नेपाल शिक्षक संघ  मकवानपुर अध्यक्ष गणेश प्रसाद हुमागाई, कांग्रेस मकवानपुरका पुर्व अध्यक्ष रघुरमण न्यौपाने, सचिव भीमसेन महत, नेपाल शिक्षक संघ बागमती प्रदेशको पूर्व वरिष्ठ उपाध्यक्ष दिपकलाल खतिवडा, संघ मकवानपुरका सचिव श्रीराम लुइटेल, संघका विभिन्न गाउँपालिका अध्यक्ष तथा  प्रतिनिधि लगायतकाको उपस्थितीे रहेको थियो।

कार्यक्रममा नगर अध्यक्ष मन्दिरा घिमिरेले संस्थागत प्रतिवेदन, नगर सचिव ज्योति न्यौपानेले  प्रगति प्रतिवेदन र सचिव अर्थ प्रेम घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।कार्यक्रममा  सेवा निवृत्त भएका १ जना शिक्षकलाई सम्मान गरेको छ। संघमा आवद्ध भइ सेवा निवृत्त भएका शिक्षकहरु अर्जुन प्रसाद बर्तौला,  दोसल्ला र कदरपत्रले सम्मान गरिएको छ। त्यसैगरी ४ जना शिक्षक नेपाल शिक्षक संघमा प्रवेश गरेका छन्। तीर्थ खड्का, रामचन्द्र पाठक, रन्जना दाहाल र मथुरा दुलाल नेपाल शिक्षक संघका प्रवेश गरेका हुन्। नवप्रवेशी सबैलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिले टिका र माला लगाएर स्वागत गरेका छन्। 

त्यसैगरी कार्यक्रममा हेटौडा २ मा रहेको सिद्धार्थ माविका प्रधानाध्यापक परमानन्द सरोज कर्ण, हेटौंडा १७ हटियामा रहेको बालबोध माविका प्रधानाध्यापक दिपक लाल श्रेष्ठ, हेटौंडा ११ नवलपुरमा रहेको त्रिभुवन मा विका प्रअ हस्तलाल श्रेष्ठ, हेटौंडा १७ रहेको राजदेवी माविका प्रधानाध्यापक दिपक देवकोटा र हेटौंडा १८ मा रहेको गोरक्षश्वर मा विका प्रअ मिना श्रेष्ठलाई पनि प्रशंसापत्रले सम्मान गरिएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

थप समाचार