७ पुस, हेटौंडा। शनिबार साँझ हेटौँडा–५, माछाप्लान पिप्लेमा भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् भने १ जनाको अवस्था गम्भीर रहेको छ।
कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ माछाप्लान नजिकै चौघडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको प्प्रदेश ३–०२–०० ८ प २६२८ नम्बरको मोटरसाईकल र हेटौँडा बजारबाट चौघडा बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ५१६९ नम्बरको स्कुटर एक आपसमा ठोक्किएको र स्कुटर सँग ठोक्किएको मोटरसाइकल चौघडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ७ ख ४२९५ नम्बरको ट्रेलर ट्रकको बम्पटको भाग मुनी मोटरसाईकल पुग्दा उक्त घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी स्कुटर चालक हेटौँडा–१७, हटियाका ३४ वर्षीय रोहित तामाङको टाउको र दाहिने खुट्टामा चोट लागेर अवस्था गम्भिर रहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन् । दुर्घटनामा परी स्कुटर पछाडी सवार रोहितकी श्रीमति २८ वर्षीया रमिला तामाङ, रोहितको छोरा ८ वर्षीय रोजन तामाङ, मोटरसाइकल चालक हेटौँडा–३, बसामाडीका ३५ वर्षीय गोपी तामाङ र मोटरसाइकलमा सवार हेटौँडा–१९ नेवारपानीका ३० वर्षीय विष्णु प्रजा घाइते भएका छन् ।
रमिलाको दाहिने खुट्टामा चोट रहेको रोजनको मुख र दाहिने खुट्टामा चोट लागेर अवस्था मध्यम रहेको, गोपीको टाउको र आँखाको भागमा चोट लागेको छ भने बिष्णु प्रजाको बाँया आँखा, निधार, मुख र दाहिने हातमा चोट लागेर अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते रोहितको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको र अन्यको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।मोटरसाइकल, स्कुटर, ट्रक र ट्रक चालक चालकलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







