सुरुङ्को चाबि हस्तान्तरण गर्दै मुख्यमन्त्री लामा
♦ सुनिल शिवाकोटी
८ पुस, हेटौंडा। सन् १९१७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बनेको दक्षिण एसियाकै पहिलो सुरुङको रुपमा ख्याति कमाएको हेटौंडा १५ र बाराको चुरियामाई मन्दिर संगै रहेको सुरुङ हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ। सोमबार एक कार्यक्रमबीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले सुरुङको चावी हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामालाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामो इतिहास बोकेको चुरियामाई सुरुङ् बागमती प्रदेश सरकारले पुनः निर्माण गरि हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको बताए । उनले लामो इतिहास बोकेको सुरुङले मधेश प्रदेश र बागमती प्रदेश बिचको सम्बन्ध बलियो बनाई पर्यटकको रोजाइमा पर्न भूमिका खेल्ने भन्दै सुरुङको संरक्षणमा दुब प्रदेश लाग्नु पर्ने कुरामा जोड दिएका छन्। सुरुङ् सञ्चालनमा थप वृद्धि विकास गर्न प्रदेश सरकार सदैव तत्पर रहेको बताउँदै मुख्यमन्त्री लामाले सुरुङमार्गलाई महत्व दिएर सबै पक्ष लाग्नुपर्ने उद्घोष गरेका थिए।
कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार मन्त्री अमन कुमार मास्केले उपमहानगरलाई सुरुङ् व्यवस्थित गरि सञ्चालन गर्न आग्रह गरेका छन्।सुरुङ्को साँचो ग्रहण गर्दै नगरप्रमुख लामाले कार्यविधि निर्माण गरेर सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिन।
कार्यक्रममा प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेल, पूर्व भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुँयाल, प्रदेश सभाका सदस्यहरु, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामा,जीतपुरसिमरा उपमहानगरका प्रमुख राजन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए।
सुरुङ् पुनः निर्माणका लागि प्रदेश सरकारबाट तीन करोड ३६ लाख १३ हजार ८७८ रुपैयाँमा माउन्टेनइन्फ्रा कम्पनी लिमिटेडसँग सम्झौता गरेपनि यर्थात लागत खर्च तीन करोड ६५ लाख ८५ हजार ४१५ रुपैयाँ खर्च भएको बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्कर प्रसाद पोखरेलले बताएका छन् । २२५ मिटर लामो २.५ मिटर चौडाइ भएको सुरुङ्को उचाइ ३ मिटर रहेको छ। भूकम्प र जीर्णोद्धार रहेका कारण सुरुङ् विगत लामो समयदेखि प्रयोग बिहिन रहेको थियो।
मकवानपुर र बारा जिल्लाको सिमाना हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग अवलोकनका लागि उपमहानगरले तयार गरेको कार्य विधि अनुसार नेपालीका लागि प्रतिव्यक्ति रु. ५० रुपैयाँ शुल्क तोकिएको छ भने विदेशी नागरिकलाई १२० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ शुल्क निर्धारण गरिएको उपमहानगरपालिकाले जनाएको छ । ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकलाई भने निःशुल्क गरिएको जनाइएको छ ।
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


















