१० पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले किसानले उत्पादन गरेका सामग्रीलाई सहज ढंगबाट बजारीकरणमा सहयोग पु¥याउने उद्देश्य अनुरुप चिस्यान सहितको कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
संघिय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मार्फत पालिकामा चिस्यान सहितको कृषि एम्बुलेन्स खरिदका लागि आएको १९ लाख रुपियाँमा थप गरी खरीद गरेको कृषि उत्पादन बोक्ने सवारी हेटौंडा १३ को आधामार कृषक समुहलाई हस्तान्तरण गरेको हो ।
संघ बाट आएको पैसामा उपमहानगरको कार्यपालिका बैठकले थप रकम लगानी गरी खुल्ला प्रतिश्पर्धा मार्फत ३४ लाख ९० हजार रुपियाँको लागतमा खरीद भएको कृषि एम्बुलेन्स मंगलबार आधामार कृषक समुहका अध्यक्ष फेन्चु लामालाई हस्तान्तरण गरीएको हो ।
गत आर्थिक बर्ष २०८०/०८१ मा खरीद गरीएको कृषि एम्बुलेन्स सञ्चालनका लागि उपमहानगरले सुचना जारी गरेपछि परेको २ वटा कृषक समुह मध्य मुल्याङकनका आधारमा आधामारलाई योग्य मान्दै हस्तान्तरण गरीएको उपमहानगर कृषि शाखाका प्रमुख प्रदिप रेग्मीले बताए । उनका अनुसार चिस्यान सहितको एम्बुलेन्स भएकाले फलफुल, तरकारी सहितको उत्पादनलाई स्वच्छ ढंगबाट बजार सम्म लैजानका लागि आधामार योग्य देखिएकाले सञ्चालनको जिम्मेवारी दिइएको हो ।
एम्बुलेन्स हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, हेटौंडा–१७ का अध्यक्ष उद्धब सत्याल र उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमले चाबि र सम्झौता पत्र हस्तान्तरण गरेका थिए । उपमहानगरले यस अघि मंगलबार नै जिल्लाको पुर्वि भेगमा रहेको बागमती गाउँपालिकालाई बिपद्मा आवश्यक दमकल, सुमो, पिकअप सवारी हस्तान्तरण गरेको थियो ।
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


















