Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा लापसे सेवन गर्ने ३ चालक विरुद्ध म्याद थप

IMG-20241229-WA0010-1735479335.jpg

१४ पुस, हेटौंडा। हेटौंडामा लागुऔषध सेवनगरी सवारी चलाउने ३ जना चालकलाई नियन्त्रणमा लिएको छ। आइतबार बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ मा  जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त खटिएको प्रहरी टोलीले जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र सिएमसी चुरेहिल अस्पताल हेटौडाबाट खटिएको प्राविधिक टोली समेतको सहकार्यमा सवारी चालकको स्वास्थ्य परीक्षणका क्रममा तीनजना चालकले लागूऔषध प्रयोगगरी सवारी चलाएको पाइएपछि नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ ।

सवारी दुर्घटना तथा क्षती न्युनिकरणको लागी सवारी साधनहरु रोकी चालकहरुको ड्रक्स टेस्ट किटबाट स्वास्थ्य परिक्षण गर्ने क्रममा ना ६ ख ३१२४ नम्बरको ट्रक चालक  सर्लाही हरिवन  ०७ बस्ने वर्ष ३१ को अनराज कार्की, ना ६ ख १७२९ नम्बरको ट्रक चालक जिल्ला  हेटौडा ०८ बस्ने वर्ष ३२ को बिक्रम थापा र ना ४ ख ५१११ नम्बरको ट्याङ्कर चालक  मकवानपुर मनहरी ०९ बस्ने वर्ष ३१ को अशोक थोकरले  लागु पदार्थ सेवन गरेको पाईएकोले नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । पक्राउ परेका सबैलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ।

IMG-20241229-WA0009-1735479335.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार