Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रधानमन्त्री ओलीद्वारा मन्त्रीपरिषद गठन

KP-Oli-1518699444.jpg

३ फागुन, हेटौँडा । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले ३ सदस्यीय मन्त्रीपरिषद गठन गरेका छन् । नवनियुक्त प्रधानमन्त्री ओलीले एमालेका लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका हुन् । पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्रालय र थापालाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइएको छ । 
यसैबीच, नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री पण्डित र महिला तथा बालबालिका मन्त्री थापाले पनि राष्ट्रपति विद्या भण्डारीबाट राष्ट्रपति भवन सितल निवासमा पद तथा गोपनियताको सपथ लिएका छन् ।
सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नवनियुक्त प्रधानमन्त्री ओली, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधिश गोपालप्रसाद पराजुली, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो । 
सत्ता साझेदार नेकपा माओवादी केन्द्रले भने पार्टी एकता टुंगोमा पु¥याएपछि मात्रै सरकारमा मन्त्रीहरु पठाउने जनाएको छ । सरकारमा एमालेबाट ७० र माओवादी केन्द्रबाट ३० प्रतिशत मन्त्रीहरु सहभागी हुने विषयमा भने २ दलबीच सहमति भईसकेको छ ।
यसअघि विहिबारै नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएक थिए । विहिबार अपरान्ह राष्ट्रपति भवन सितल निवासमा एक विशेष समारोहकाबीच राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् । 
राष्ट्रपति भण्डारीले विहिबार विहानै नेकपा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन । राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । 
त्यसअघि ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादी केन्द्रले राष्ट्रपति समक्ष समर्थन पत्र पेश गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार