Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जनप्रतिनिधिले जनभावना अनुसार काम गर्न आवश्यक :गगन थापा

FB_IMG_1735652990983-1735653984.jpg

१६ पुस, हेटौंडा–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब जनप्रतिनिधिले जनभावना अनुसार परिणाम आउने गरी काम गर्न आवश्यक रहेको बताएका छन्। 

मंगलबार ४९ औँ मेलमिलाप दिवसको अवसरमा  नेपाली कांग्रेस मकवानपुरले  आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले अब जनप्रतिनिधिले परिणाम आउने गरी काम गर्न आवश्यक रहेको बताउदै नेपाली कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले परिणाम आउनेगरी काम गर्नु अनुरोध गरेका छन् ।

महामन्त्री थापाले २०८४ को चुनावमा पार्टीले घोषणापत्र नभई परिणामपत्र लिएर जनतामाझ जानुपर्ने उद्घोष गरेका छन्। उनले ओली नेतृत्वको सरकार आगामी चुनाव सम्म टिक्ने बताएका हुन्। 

मन्तव्य व्यक्त गर्ने क्रममा वि पीको मेलमिलापको नीति काग्रेसमा खड्केको बताए। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्य, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, कांग्रेस क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, क्षेत्र नम्बर २ (ख) का सभापति रन्जन कालाखेती, मनहरी गाउँपालिका सभापति प्रकाश वर्ताैलालगायतले मन्तव्य व्यक्त गरेका थिए । पार्टी सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको कार्यक्रमकाबीच नेपाली कांग्रेसका पूर्व सभापतिहरु, पार्टीमा लामो समय योगदान गरेका नेताहरुलगायत गरी करिब ३० जनालाई सम्मान गरिएको थियो ।  कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब डेढ दर्जन युवा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । प्रवेश गरेका युवालाई प्रमुख अतिथि थापा लगायतका नेताले टिका लगाएर स्वागत गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार