सुनिल शिवाकोटी
३ फागुन, हेटौँडा । बिहिबार हेटौँडामा परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्य सेवा सम्बन्धि अन्तरक्रिया भएको छ । स्वास्थ्य मन्त्रालय अन्तरगतको राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र टेकुको आयोजनामा मकवानपुरका रहेका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरिएको हो।
अन्तरक्रिया कार्यक्रममा नेपालमा परिवार नियोजनको साधनको प्रयोग दरमा क्रमिक वृद्धि हुँदै गईरहेको बताईएको छ । नेपालमा सन १९९६ मा २९ प्रतिशत रहेको परिवार नियोजनको प्रयोग दर मा सुधार भई सन् २०१६ सम्मा परिवार नियोजनको प्रयोग दर ५३ प्रतिशतमा पुगेको बताईएको छ । त्यसै गरी सन् १९९६ मा २६ प्रतिशतमा रहेको आधुनिक साधनको प्रयोग दरमा वृद्धि भई सन् २०११ सम्म आईपुग्दा ४३ प्रतिशत पुगेको तर आधुनिक साधनको प्रयोग दर सन् २०११ को दाँजोमा २०११ मा सामान्य रुपका कम भएको र सन् २०११ को दाँजोमा २०१६ मा स्थिर भएको सञ्चार केन्द्रले जनाएको छ । कार्यक्रममा परम्परागत तरिकाको परिवार नियोजनको साधनको प्रयोग दर भने बढेको बताईएको छ जसमा प्रजनन उमेरका महिलाहरु र दम्पतिमा बढि प्रयोग भएको परिवार नियोजनको सेवामा क्रमशः मिनिल्याप, डिपो र भ्यासेक्टोमी रहेको छ जसामा ७ वटा प्रदेश मध्य प्रदेश नम्बर ३ मा ४९ प्रतिसत विवाहित जोडीले आधुनिक तरिकाको परिवार नियोजनको साधनको प्रयोग गर्ने गरेको बताएईको छ । त्यसैगरी विवाहीत महिलाहरुमा परिवार नियोजन साधनको अपरिपूर्त माग दर २४ प्रतिशत रहेको बताईएको छ । जसमा ८ प्रतिशत अस्थायी साधन र १६ प्रतिशत स्थायी साधन रहेको छ ।
त्यस्तै अन्तरक्रिया कार्यक्रममा नवजात शिशुलाई सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट निःशुल्क स्वास्थ्य स्याहार तथा उपचार सेवा प्रदान गरिएको र उक्त सेवा प्रदान गरेबापत स्वास्थ्य संस्थालाई तोकिएको रकम उपलव्ध गराईने बताईएको छ । त्यस्तै देशभरका सरकारी स्वास्थ्य सस्थाबाट नवजात शिशु केन्द्रित सेवाहरु प्रदान गरिएको र जन्मदा सास नफेरेको वा नरोएको शिशुको पहिचान , जन्मदै कम तौल भएको शिशुको मूल्याङ्कन र शिताङ्गको रोकथामका लागि मूल्याङ्कन तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको बताईएको छ । त्यस्तै सुरक्षित मातृत्व लगायतका आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क रुपमा प्रदान गरिने रणनीतिलाई निरन्तरता दिईएको समेत बताएको छ ।
मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर मदन उपाध्यायको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक कुञ्जप्रसाद जोशी, स्वास्थ्य शिक्षा अधिकृत आभा श्रेष्ठ , लोकराज पाण्डे तथा डा शशी कंडेलले सहजिकरण गरेका थिए । कार्यक्रममा मकवानपुरमा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहजिकरण गर्दै केन्द्रका स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक कुञ्जप्रसाद जोशी
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...
१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...


















