Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

झरनाबाट ५ जनालाई सम्मान गर्दै

Award-1518705947.png

३ फागुन, हेटौँडा । झरना साहित्यिक परिवारले २५ औँ वार्षिकोत्सवको अवसरमा ५ जनालाई सम्मान गर्ने भएको छ । फागुन ७ गते छतिवनमा आयोजना हुने बृहत् साहित्य गोष्ठीमा ५ जना साहित्यकारहरुलाई सम्मान गर्ने झरनाका सचिव चिरञ्जीवि लामिछानेले जानकारी दिए ।

साहित्य क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानबापत पाँचजना साहित्यकारहरूलाई सम्मान गर्न लागिएको हो । नेपाली गजलको क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै नेपालका प्रथम विद्यावारिधि धारक तथा अग्रज साहित्यकार डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ लाई नगद ११ हजार ५५५ रुपैयाँसहितको ‘होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७४’  प्रदान गर्न लागिएको छ । यो सम्मान साहित्यसेवी नुरप्रसाद गौतमले आफ्ना मातापिताको सम्मानमा स्थापना गरेका हुन् ।

यस्तै, जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत छतिवन निवासी जनार्दन खनाल र परशुराम गौतमलाई जनही ५ हजार ५५५ रुपैयाँ राशि सहितको ‘बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०७४’ प्रदान गर्न लागिएको छ । यो सम्मान विनोद सुवेदीले आफ्ना मातापिताको नाममा स्थापित गरेका हुन् ।  साहित्यकार असिम सागरलाई अर्पण पराजुली र दर्पण पराजुलीले आफ्नो मातापिताको सम्मानमा स्थापना गरेको ५ हजार ५५५ रुपैयाँ राशिसहितको ‘खडानन्द–मनमाया प्रतिभा सम्मान–२०७४’ प्रदान गरिने भएको छ ।

मकवानपुरकी अग्रणी नारी साहित्यकार पूर्णकला घिमिरेलाई नगद ५ हजार ५५५ रुपैयाँ राशि सहितको सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान–२०७३ प्रदान प्रदान गरिने भएको छ । यो सम्मान साहित्यसेवी राजन दंगालले आफ्नी दिवंगत छोरीको स्मृतिमा स्थापना गरेका हुन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

थप समाचार