Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

आर्मी सिमरा गोल्डकपको फाईनलमा

3-1518710118.JPG

३ फागुन, सिमरा । त्रिभूवन आर्मी क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकपको फाईनल प्रवेश गरेको छ । 
विहिबार भएको दोश्रो सेमी फाइनलमा वीरगञ्ज यूनाईटेड क्लबलाई ३–० गोल अन्तरले स्तव्ध पार्दै त्रिभूवन आर्मीले उपाधि भिडन्तमा थ्रिस्टार क्लबसंगको भेट पक्का गरेको हो । आर्मीको जीतमा दिनेश हेम्जन र दिप लामाले समान एक गोल गरे भने वीरगञ्ज यूनाईटेड क्लबका  विष्णु सुनारले आत्मघाती गोल गर्दा आर्मीले ३–० को जित दर्ता गरायो । 
साविक विजेता संकटा क्लबलाई हराउँदै सेमीफाइनलमा प्रवेश गरेको वीरगञ्ज यूनाईटेड विभागिय टिम आर्मी सामु निरिह बन्यो । करिब ८ हजार घरेलु दर्शक माझ आर्मी विरुद्ध उत्रिएको वीरगञ्ज यूनाईटेडलाई त्रिभूवन आर्मीले पुरै समय दवावमा राख्यो । पहिलो हाफमा १–० को अग्रता दिलाउने क्रममा आर्मीका दिनेश हेम्जनले गोलको खाता खोले । खेलको ३८ औं मिनटमा भरत खवासको पासमा दिनेशले आर्मीलाई अग्रता दिलाए । खेलको ६० औं मिनटमा वीरगञ्ज यूनाईटेडका विष्णु सुनुवारले आत्मघाती गोल गर्दा आर्मीले २–० को अग्रता हात पा¥यो । आर्मीका भरत खवासको क्रसबल पेनाल्टी एरियामा नियन्त्रणमा लिने प्रयास गरेका सुनुवारको प्रयासले गोलपोष्टको दिशा लिंदा वीरगञ्ज यूनाईटेड थप दवावमा प¥यो । 
वीरगञ्ज विरुद्ध हावी भएको आर्मीले ६७ औं मिनटमा अर्को गोल थप्यो । आर्मीका दिप लामाले गोल गर्दै टिमलाई ३–० को फराकिलो अग्रता दिलाए । टंक बस्नेतको पासमा उत्कृष्ट गोल गर्दै दिप लामाले सिमरा गोल्डकपमा त्रिभूवन आर्मीको फाइनल यात्रा तेश्रो पटक सुनीश्चित गरे । 
त्रिभूवन आर्मी प्रतियोगिताको छैठौं संस्करणको विजेता हो, भने आठौं संस्करणको उपविजेता समेत हो । त्रिभूवन आर्मीले शनिवार सिमरा रङ्गशालामा उपाधिका लागि थ्रिस्टार क्लबसंग प्रतिस्पर्धा गर्नेछ । 
खेलको म्यान अफ दि म्याच त्रिभूवन आर्मीका दिनेश हेम्जन घोषित भए । उनले ५ हजार नगद सहित म्यान अफ दि म्याचको ट्रफि हात पारे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

आज संघीय बजेट प्रस्तुत हुँदै
Screenshot_20260529_07214-1780018642.jpg

१५ जेठ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780018292.jpg

१५ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779930946.jpg

१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg