Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जिल्ला बहुउद्देश्यीय सहकारी संघको साधारणसभा, प्रष्टखबरकर्मीसहित विभिन्न व्यक्तिलाई सम्मान

GridArt_20250107_19072353-1736256460.jpg

२३ पुस, हेटौंडा। मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको ११ औं वार्षिक साधारणसभामा संचारकर्मी सहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ। सहकारी संघको मंगलबार सम्पन्न ११ औं वार्षिक साधारण सभा मार्फत संचारकर्मी सहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको हो। 

सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा  रिद्धिसिद्धी सिमेन्ट प्रालि, सर्वोत्तम सञ्चिति बचत तथा ऋण सहकारी संस्था, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था, किसान कल्याण बहुउद्देश्यीय संस्था, जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई सम्मान गरिएको हो। 

त्यसैगरी सरकारीको गतिविधिलाई संचारमाध्यम मार्फत जनतामाझ पुर्याउन सहयोग गरेको भन्दै प्रष्टखबरका वरिष्ठ संवाददाता सुनिल शिवाकोटी नगद सहित दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको थियो। त्यसैगरी नियमित बचतकर्तातर्फ राजदेवी महिला बहुउद्देश्यीय सहकारी संस्था र उत्कृष्ट सहकारीतर्फ पालुङ बहुउद्देश्यीय सहकारी संस्थालाई प्रशंसा पत्र र दोसल्लाका साथ सम्मान गरिएको थियोे। सभामा अध्यक्ष न्यौपानेले सङ्घको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै भावी कार्यक्रम र योजनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले सहकारीको भूमिका महत्वपूर्ण रहेकोले अब सहकारीको उचित नियमन र व्यवस्थापनको आवश्यकता रहेको बताइन्। 

कार्यक्रममा सभामा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, राष्ट्रिय सहकारी महासङ्घका सदस्य बद्रीप्रसाद लम्साल, हेटौंडा उपमहानगरका उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष हरिप्रसाद कंडेल, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका सचिव वीरेन्द्रप्रसाद ढुङ्गाना, हेटौंडा-९का वडा सदस्य विष्णु रानामगर, उपभोक्ता संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष बासु खतिवडा, हेटौंडा साकोसका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, सर्वोत्तम संचिति साकोसका अध्यक्ष रामबहादुर बस्नेत, युसेस साकोसका अध्यक्ष उत्तम शर्मा ढकाल, कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय विडारी, सहकारीका लेखा समिति संयोजक रामेश्वर अर्याललगायतको आतिथ्यता रहेको थियो ।
सहकारीमा संघमा २३ वटा संस्था आवद्ध रहेको छ।  १ लाख ४० हजार शेयरपुजीँ रहेको सङ्घमा २८ लाख ५ हजार ६४२ रुपैयाँ बचत रहेको छ । सङ्घको जगेडा कोषमा २ लाख १ हजार ३८५ रुपैयाँ रहेकोछ भने ३७ लाख ७ हजार ७१४ रुपैयाँको कारोबार गरेको जनाइएको छ । कार्यक्रम संचालन सहकारी लेखा समिति सदस्य रमिला सापकोटाले गरेकी थिइन्।

Screenshot_20250107_19162-1736256768.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

थप समाचार