२४ पुस, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले देशको सम्बृद्धिका लागि सबै एकता आवश्यक रहेको बताएका छन्। मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधरण सभा एवं अधिवेशनलाई सम्बोधन गर्दै उनले यसो बताएका हुन्।
उनले सम्बोधनका क्रममा स्वदेशमै रोजगारी सृजना गरे युवा पलायन रोक्न सकिने ठोकुवा गरेका छन्।मुख्यमन्त्री लामाले उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्ने र लगानी बढ्दा स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने दाबी गरेका हुन्।
'हामी सबै आफै उत्पादनमुखी कार्यमा अग्रसर जरुरी छ, राज्यले उद्योगीलाई आवश्यक सुविधा उपलब्ध गराएर उत्पादन वृद्धिमा जोड्नुपर्छ - मुख्यमन्त्री लामाले भने।'
उनले सम्बोधनका क्रममा ऐन कानुन परिमार्जन गरेर विकास र समृद्धिको बाटोमा अघिबढ्नु पर्ने समेत बताएका छन् । कार्यक्रममा पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ९ करोड रुपैयाँ खर्च गरेर लगानी सम्मेलन मार्फत् ६ अर्व लगानी प्रतिवद्धता लिएपनि कार्यान्वयन हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
कार्यक्रममा ३ पत्रकार सहित १२ जनालाई सम्मान गरिएको थियो। उत्कृष्ट संचारकर्मीको रुपमा कान्तिपुुर दैनिकका प्रताप विष्टलाई २५ हजार रुपैयाँ सहित सम्मान गरेको छ भने समृद्ध समाज दैकिनका सम्पादक सुरेश श्रेष्ठ र प्रदेश दैनिकका सम्पादक एवं रेडियो मकवानपुरका स्टेशन मेनेजर गणेश दर्पण अधिकारीलाई १५ हजार रुपैयाँ सहित सम्मान गरेको छ ।
यस्तै संघले २५ हजार रुपैयाँ सहित उत्कृष्ट साहित्य संस्थाको रुपमा साहित्य संगम मकवानपुर, उत्कृष्ट सामाजिक संस्थाका रुपमा मामाघर नेपाललाई सम्मान गरेको हो । उत्कृष्ट वाणिज्य सदस्यका रुपमा मोहन कृष्ण श्रेष्ठ, उत्कृष्ट उद्योग सदस्य नरहरि नन्दन उप्रेती, लाई सम्मान गरेको छ भने इभान्स लाइफ साइन्सेसलाई उत्कृष्ट एशोशिएट सदस्य, मोवाइले एसोसिएसन अफ मकवानपुरलाई उत्कृष्ट वस्तुगत सदस्य, उत्कृष्ट कर्मचारीबाट दुर्गा लामिछान, पल्पसा प्याराडाइजका परिकल्पनाकारका रुपमा संघका पूर्व अध्यक्ष कृष्ण कटुवाल र पुर्व अध्यक्ष हिटलर विसेतलाई विशेष सम्मान प्रदान गरेको छ । संघको अधिवेशनको नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले समुद्घाटन गर्ने कार्यतालिका रहेपनि प्रतिकूल मौसमका कारण उडान प्रभावित हुँदा देउवा हेटौंडा आउननसकेपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले समुद्घाटन गरेका थिए । संघको नयाँ नेतृत्वका लागि २७ गते निर्वाचन हुने जनाइएको छ।
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


















