२४ पुस, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले देशको सम्बृद्धिका लागि सबै एकता आवश्यक रहेको बताएका छन्। मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधरण सभा एवं अधिवेशनलाई सम्बोधन गर्दै उनले यसो बताएका हुन्।
उनले सम्बोधनका क्रममा स्वदेशमै रोजगारी सृजना गरे युवा पलायन रोक्न सकिने ठोकुवा गरेका छन्।मुख्यमन्त्री लामाले उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्ने र लगानी बढ्दा स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने दाबी गरेका हुन्।
'हामी सबै आफै उत्पादनमुखी कार्यमा अग्रसर जरुरी छ, राज्यले उद्योगीलाई आवश्यक सुविधा उपलब्ध गराएर उत्पादन वृद्धिमा जोड्नुपर्छ - मुख्यमन्त्री लामाले भने।'
उनले सम्बोधनका क्रममा ऐन कानुन परिमार्जन गरेर विकास र समृद्धिको बाटोमा अघिबढ्नु पर्ने समेत बताएका छन् । कार्यक्रममा पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ९ करोड रुपैयाँ खर्च गरेर लगानी सम्मेलन मार्फत् ६ अर्व लगानी प्रतिवद्धता लिएपनि कार्यान्वयन हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
कार्यक्रममा ३ पत्रकार सहित १२ जनालाई सम्मान गरिएको थियो। उत्कृष्ट संचारकर्मीको रुपमा कान्तिपुुर दैनिकका प्रताप विष्टलाई २५ हजार रुपैयाँ सहित सम्मान गरेको छ भने समृद्ध समाज दैकिनका सम्पादक सुरेश श्रेष्ठ र प्रदेश दैनिकका सम्पादक एवं रेडियो मकवानपुरका स्टेशन मेनेजर गणेश दर्पण अधिकारीलाई १५ हजार रुपैयाँ सहित सम्मान गरेको छ ।
यस्तै संघले २५ हजार रुपैयाँ सहित उत्कृष्ट साहित्य संस्थाको रुपमा साहित्य संगम मकवानपुर, उत्कृष्ट सामाजिक संस्थाका रुपमा मामाघर नेपाललाई सम्मान गरेको हो । उत्कृष्ट वाणिज्य सदस्यका रुपमा मोहन कृष्ण श्रेष्ठ, उत्कृष्ट उद्योग सदस्य नरहरि नन्दन उप्रेती, लाई सम्मान गरेको छ भने इभान्स लाइफ साइन्सेसलाई उत्कृष्ट एशोशिएट सदस्य, मोवाइले एसोसिएसन अफ मकवानपुरलाई उत्कृष्ट वस्तुगत सदस्य, उत्कृष्ट कर्मचारीबाट दुर्गा लामिछान, पल्पसा प्याराडाइजका परिकल्पनाकारका रुपमा संघका पूर्व अध्यक्ष कृष्ण कटुवाल र पुर्व अध्यक्ष हिटलर विसेतलाई विशेष सम्मान प्रदान गरेको छ । संघको अधिवेशनको नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले समुद्घाटन गर्ने कार्यतालिका रहेपनि प्रतिकूल मौसमका कारण उडान प्रभावित हुँदा देउवा हेटौंडा आउननसकेपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले समुद्घाटन गरेका थिए । संघको नयाँ नेतृत्वका लागि २७ गते निर्वाचन हुने जनाइएको छ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)