२५ पुस,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मकवानपुरको राक्सिराङ पुगेर संघीय सरकारले ऐन बनाएर गाँजा खेतीलाई बैध गरिनुपर्ने बताएका छन्। ।
राक्सिराङ गाउँपालिकाको १७ औ हिउँदे अधिवेशनलाई उदघाटन गर्न राक्सिराङको चैनपुर पुगेका मुख्यमन्त्री लामाले सरकारले कानुन निर्माण गरेर गाँजा खेती गर्ने वातावरण तयार गर्नुपर्ने बताएका हुन् । हिउँदे अधिवेशनलाई सम्बोधन क्रममा मुख्यमन्त्री लामाले नागरिकको आवश्यकता अनुसारको विकास र गुणस्तरिय सेवा सहज रुपमा प्रदान गर्नु अहिलेको वर्तमान आवश्यकता रहेको तर त्यसको लागि आन्तरिक समस्या र कानुनी अड्चन सुल्झ्याउनुपर्ने बताएका छन् । उनले सिमान्तकृत वर्गको नागरिकको जिवनस्तर सुधारका लागि प्रदेश सरकारले रणनीतिक योजना कार्यान्वयनमा ल्याउने बताएका छन् । उनले सम्बोधनका क्रममा चेपाङ समुदायको विकास र उत्थानका लागि संरक्षित क्षेत्र घोषणा गरि कार्यक्रम कार्यान्वयनको चरणमा बागमती प्रदेश सरकार रहेको उदघोष गरेका छन्। उनले राक्सिराङ हुदै धादिङको आदिमघाट जोडिने बाटोलाई बहुबर्षीय योजनामा पार्न सरकार लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यसैगरी कार्यक्रममा बोल्दै मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले स्थानीय तहले सिन्डिकेट लगाउदा संसदहरु जनताका विषयमा जनप्रतिनिधिसंग जोडिन नसकेको आरोप लगाएका छन् । उनले स्थानीय तहका प्रमुख÷उपप्रमुखले संघ तथा प्रदेश सांसदसंग समन्वय गरेर अघि बढ्नु पर्ने बताएका छन् ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



