Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

संगालो टोलको साधारणसभा पत्रकारदेखि डाक्टरसम्मलाई सम्मान

Screenshot_20250111_15403-1736589449.jpg

२७ पुस,हेटौंडा। हेटौँडा–७, न्युरेनी चिसापानीमा रहेको संगालो टोल विकास संस्थाले आफ्नो १७ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ।सम्पन्न साधारणसभा मार्फत संस्थाले संचारकर्मी, डाक्टर सहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ। 
शनिबार भएको भेलामा संचारकर्मी तर्फ प्रष्टखबरका वरिष्ठ संवाददाता सुनिल शिवाकोटी, जेष्ठ नागरिकमा उमा थामी (महिला), द्वारकानाथ लामिछाने (पुरष) लाई सम्मान गरिएको छ। त्यसैगरी  उत्कृष्ट बचतकर्तामा लक्ष्मी माया श्रेष्ठ,वातावरण र  पर्यावरणीय अनुकूलनता तर्फ सम्झना गुरुङ, इनर्जी साइन्समा पीएचडी गर्ने सुवास अधिकारी, दन्त चिकित्सक रैभा मैनालीलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
हेटौँडा वडानम्बर ७का वडाध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष रोम बहादुर न्यौपानेको सभाध्यक्षतामा भेला भएको थियो ।
भेलामा रोम बहादुर न्यौपानेले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष सुजित कुमार पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। भेलामा टोल विकास संस्था हेटौंडा नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल, हेटौंडा उपमहानगरपालिका सामाजिक विकास अधिकृत गोपानी गौतम,जनकल्याण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल, न्युरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, सृजना टोल विकास संस्थाका सचिव टुक कुमारी चौलागाई, पशुपति मन्दिर संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद घिमिरे, 
स्थानीय समाजसेवीहरु रघुनाथ आचार्य, सुवोध रिमाल लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा माक्षापालन टोल विकास संस्था हेटौंडा ५ का अध्यक्ष केशव श्रेष्ठ, श्रीनिवास टोल विकास संस्थाका अध्यक्ष जनार्दन पौडेल, महालक्ष्मी कृषि सहकारी अध्यक्ष अर्जुनहरी अधिकारी, चिसापानी मृत्यु कोषका अध्यक्ष नारायण प्रसाद अधिकारी, संस्थाका सल्लाहकार दिलीप सुवेदी,हिरादेवी महर्जन, स्थानीय समाजसेवी देव कुमारी अर्याल आमा समुह अध्यक्ष कमला पोखरेल  लगायत हेटौँडा ७ मा रहेका विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको स्वागत मन्तव्य सौरभ अधिकारीले गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार