Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रानाभाट निर्वाचित (मतसहित)

Screenshot_20250112_06202-1736642149.jpg

२८ पुस, हेटौंडा । मकवानपुरको उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन्।

आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम नजिता अनुसार १०१४ मत प्राप्त गर्दै रानाभाट अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी अनिल कुमार अग्रवालले ७६५ मत मात्र प्राप्त गरेका छन्।

त्यसैगरी महासचिवमा उनकै प्यानलकी प्रतिमा श्रेष्ठ निर्वाचित भएकी छिन्। प्रतिमाले १०१२ मत प्राप्त गर्दा प्रतिस्पर्धी विकेशलाल श्रेष्ठले ७१३ मत प्राप्त गर्दै पराजित भएका छन्। कोषाध्यक्षमा अग्रवाल प्यानलका तेजराज अधिकारी निर्वाचित भएका छन्। उनले ९१७ मत प्राप्त गर्दा रानाभाट प्यानलका श्रीकृष्ण कर्माचार्यले ८०१ मत प्राप्त गरेका छन्। यता सह कोषाध्यक्षमा निलम बैद्य विजयी भएकी छिन् भने ९१६ मत प्राप्त गर्दै राधिका सामरी पाण्डे ७८६ पराजित भएकी छिन्।
त्यसैगरी उद्योग तर्फको उपाध्यक्षमा दिपक उप्रेती निर्वाचित भएका छन्। उप्रेतीले २७२ मत ल्याउदा रवीन्द्र प्रसाद घिमिरेले २४० मत मात्र प्राप्त गरेका छन्। उद्योग तर्फको सदस्यहरुमा क्रमश कृष्ण गोपाल महर्जन (२८८), जगदिश दाहाल (२७३), भूपेन्द्र प्रसाद अधिकारी (३०७) र महिला सदस्यमा सीतादेवी भेटवाल (२९५) मतसहित विजयी भएका छन्।
यता बाणिज्यतर्फ राजु अधिकारी ५९९ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी राम प्रसाद न्यौपानेले ४८४ मत प्राप्त गरेका छन्। वाणिज्य सचिवमा कुल प्रसाद चौलागाईं ६८४ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी दिवस पराजुलीका ४११ मात्र आएको थियो।

यता वाणिज्य सदस्यमा बाल कृष्ण बजगाइ (६४६), सन्तोष घिमिरे (६१६), विष्णु प्रसाद दाहाल (५६०), राजेन्द्र लामिछाने (५५०) मत प्राप्त गरी निर्वाचित भएका छन्।

मकवानपुर उद्योग वाणिज्य संघको आज भएको निर्वाचनबाट वस्तुगत तर्फको उपाध्यक्षमा काव्यमणि अधिकारी निर्वाचित भएका छन्। उनले १५ मत ल्याउदा अर्का उमेदवार प्रदीप अर्यालले ११ मत ल्याएका छन्। वस्तुत तर्फ १२ मत प्राप्त गरी शम्भु पुडासैनी सदस्यमा निर्वाचित भएका छन्।

त्यसैगरी एशोसियट उपाध्यक्षमा उज्जवल चौलागाई निर्वाचित भएका छन्। उनले ४८ मत ल्याउदा अर्का उम्मेदवार विष्णु खनालले ३३ मत प्राप्त गरेका छन्। त्यसैगरी एशोसियट सदस्यमा ६४ मत सहित नवराज खतिवडा र ५४ मत सहित अंकिता सुमार्गी निर्वाचित भएको जनाइएको छ।

२ हजार ४५ मतदात रहेकोमा १८१६ मात्र मत खसेको हो। निर्वाचनमा बाणिज्यतर्फ ११५४, उद्योगतर्फ ५५५, एशोसियट ८१, बस्तुगत २६ गरी कुल खसेको मत १८१६ मत खसेको थियो। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार