Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडामा विश्व साइकलयात्री शाह सम्मानित

IMG_2498-1518846604.JPG

५ फागुन, हेटौँडा । विश्व साइकल यात्री पुष्कर शाहलाई शनिबार हेटौँडामा सम्मान गरिएको छ । रेडियो थाहा संचार ९९.६ मेगाहर्जले आफ्नो दशौं बार्षिकोत्सवको अवसरमा शाहलाई सम्मान गरिएको हो । 
साइकलको माध्यमबाट नेपाललाई विश्वमा चिनाउन र स्वास्थ्यमा योगदान पु¥याएकोमा शाहलाई सम्मान गरेको रेडियोले जनाएको छ । रेडियोकी अध्यक्ष अस्मिता सुमार्गीले शाहलाई नगदसहित सम्मान गरेकी थिईन् । सम्मान ग्रहणपछि बोल्दै शाहले साइकल चलाउनु स्वास्थ्य र आर्थिक दुबै दृष्टिकोणले फाइदाजनक रहेको बताए । उनले साइकल चलाउँदा शारिरीक व्यायाम हुने भएकाले स्वास्थ्यका लागि फाइदा पुग्ने र सवारी साधन चलाउन आवश्यक पर्ने इन्धन बचाउँदा आर्थिक रुपमा देशलाई फाइदा हुने स्पष्ट पारे । उनले हरेक शहरका सडकमा साइकल ट्रयाक अनिवार्य गर्नुपर्ने उनको भनाई छ ।
हेटौँडा राईडर्स क्लबका अध्यक्ष विकास ताम्राकारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रेडियोका संचालक अरुणराज सुमार्गी, अंकिता सुमार्गी, स्टेशन म्यानेजर मणीराज गौतम लगायतको सहभागिता रहेको थियो । 
सम्मान अघि हेटौँडाका ३० जना साइकल चालकहरुले हेटौँडादेखि चुच्चेखोलासम्म साइकल यात्रा गरी पुनः रेडियो परिसरमा आईपुगेका थिए । चुच्चेखोलामा स्थानीयले विश्व साइकल यात्री शाहसहित अन्य साइकल यात्रीहरुलाई स्वागत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार