११ माघ, हेटौंडा । हेटौंडा खानेपानी व्यावस्थापन बोर्डले हेटौंडामा खानेपानीलाई सहज बनाउन र २४ घण्टा पानी वितरणका लागि आफ्नो योजना सहित आफ्नो वर्तमान अवस्थाको बारेमा सरोकारवाला पक्षसंग छलफल र अन्तरक्रिया गरेको छ।
शुक्रबार हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, बागमती प्रदेशको खानेपानी तथा सिचाईं मन्त्रालयका सचिव मोहनकुमार शाक्य, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, वडा अध्यक्षलगायतका विभिन्न क्षेत्रका सरकोकारवालाको उपस्थितिमा सोही विषयमा अन्तरक्रिया गरिएको हेटौंडा खानेपानी बोर्डका सुचना अधिकारी संजय न्यौपानेले बताएका छन्।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप बिष्टले बोर्डले उपमहानगर क्षेत्रमा दैनिक सरदर ३ करोड ७० लाख लिटर खानेपानी उत्पादन गरी २८ हजार १ सय १२ वटा धाराहरुमार्फत् ८ देखि ९ घण्टा पानी वितरण गर्दै आइरहेको कुरा सहभागीहरुलाई जानकारी गराएका थिए। बोर्डले आफनै स्रोतबाट नगर क्षेत्रभित्र विभिन्न स्थानमा १५ वटा डीप ट्यूवेल निर्माण कार्य सम्पन्न गरेको छ । संघीय सरकार खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौंडा उपमहानगरपालिका र यस बोर्डको सहलगानीमा करिब १५ करोडको लागतमा ओभर हेड पानी टंकी १ वटा, भूमिगत पानी टंकी ३ वटा, डीप बोरि· ४ वटा, मेन तथा शाखा पाइप लाइन विस्तार र विद्युतीकरणको कार्य सम्पन्न गरिएको अध्यक्ष विष्टले बताए ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा उपमहानगरको १ देखि १९ वडामध्ये वडा नम्बर–२, ४, ५, ६, ७, ८, ९, १० र १४ पुरै र वडा नं. १, ३, १५, १६, १७, १८ र १९ का आंशिक क्षेत्रमा बसोबास गर्ने करिब १ लाख ६५ हजार नगरबासीलाई खानेपानी वितरण गरिरहेको बोर्डका निमित्त प्रमुख विष्णु सापकोटाले जानकारी दिएका छन्।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)