१२ माघ ,हेटौंडा। हेटौंडा-७ मा रहेको न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो ३४ औ वार्षिक साधारणसभा मार्फत पत्रकार देखी वृद्धवृद्धालाई सम्मान गरेको छ।
शनिबार सम्पन्न ३४ औ वार्षिक साधारणसभामा समूहको गतिविधिलाई जनमानसमा पुर्याउन सहयोग पुयाएको भन्दै प्रष्ट खबर डटकमका वरिष्ठ सम्वाददाता सुनिल शिवाकोटी सहित वृद्धवृद्धा, वनरक्षक, डढेलो नियन्त्रणमा भूमिका निर्वाह गर्ने सहित निवर्तमान कार्यसमितिलाई सम्मान गरेको हो।
समूहले पत्रकार शिवाकोटी जेष्ठ नागरिक सम्मान चित्र कुमारी आचार्य र फौद्य सिंह कार्की, त्यसैगरी मरणोपरांत सम्मान स्वर्गीय भगवत प्रसाद पौडेल, अर्जुन बहादुर बोगटीलाई प्रदान गरिएको हो ।
त्यसैगरी डिभिजन वन कार्यालय सम्मानबाट सव डिभिजन वन कार्यालय मकवानपुरका वनरक्षक राजेश शाहलाई प्रदान त्यसैगरी वन समूहले डढेलो नियन्त्रणमा भूमिका निर्वाह गर्ने नवराज पौडेल,हेमलाल अर्याल, गोमा पाख्रिन, कृष्ण प्रसाद खतिवडालाई प्रशंसापत्रले सम्मान गरेको छ।
यता समूहले वन व्यवस्थापन सम्मानले चेतनाथ गौतम, अर्जुनहरी अधिकारी सहित निवर्तमान कार्यसमितिलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो।
हेटौंडा-७ का वडाअध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्य र वन समूहका अध्यक्ष प्रकाश कार्कीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिले सम्मानितहरुलाई सम्मान र पुरस्कृत गरेका थिए। समूहको साधारणसभामा अध्यक्ष प्रकाश कार्कीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सरिता नेगीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा फेकोफन केन्द्रीय सदस्य खडानन्द चौलागाई, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष श्याम प्रसाद भट्टराई, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत वसन्तराज गौतम, सव डिभिजन वन कार्यालय रातोमाटे हेटौंडाकी प्रमुख सविना रिजाल लगायतले मन्तव्य व्यक्त गरेका थिए।
७१. १२ हेक्टर क्षेत्रफलमा फैलिएको वन समूहमा २७७ घरधुरी आवद्ध रहेका छन्।
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...


















