Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अछाममा किशोरी हत्या प्रकरण: यौन सम्पर्क अस्वीकार गर्दा हत्या, दुई जना पक्राउ

Screenshot_20241031_15341-1738395012.jpg

१९ माघ, मंगलसेन। अछामको ढकारी गाउँपालिका–८, पल्साँताका दुई किशोरी इशरा खड्का (१४) र सरस्वती खड्का (१५) को हत्या प्रकरणमा नयाँ खुलासा भएको छ । प्रहरी अनुसन्धानबाट यो हत्या शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गरिएपछि भएको पाइएको हो ।

अछाम प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार किशोरीहरूको हत्यामा मायाको चिनो (चुन्नी) नदिएको र शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्नु दुई मुख्य कारण रहेको छ ।

यस प्रकरणमा १५ र १७ वर्षका दुई बालकलाई पक्राउ गरिएको छ। बालक भएकाले उनीहरूको वास्तविक नाम सार्वजनिक नगरी क्रमशः "६९ मङ्गलसेन ७३" र "६९ मङ्गलसेन ७६" भनी सम्बोधन गरिएको डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

अनुसन्धानका क्रममा इशरा "६९ मङ्गलसेन ७३" की र सरस्वती "६९ मङ्गलसेन ७६" की प्रेमिका रहेको खुलेको छ, जसलाई आरोपित बालकहरूले स्वीकार गरेका छन्। "६९ मङ्गलसेन ७६" ले सरस्वतीसँग मायाको चिनो स्वरूप चुन्नी मागेका थिए र उनले दिन नमानेपछि शारीरिक सम्पर्कको प्रस्ताव राखेका थिए। सरस्वतीले दुवै प्रस्ताव अस्वीकार गरेपछि विवाद उत्पन्न भएको र उनको ढुंगाले हानेर हत्या गरिएको थियो । घटनाबारे अन्यलाई जानकारी नदिन गरेको आग्रह अस्विकार गर्दा इशराको पनि हत्या भएको प्रहरीको निष्कर्ष रहेको छ।माघ ११ गते बाख्रा चराउन गएका दुई किशोरी घर नफर्किएको र खोजी गर्दा मृत फेला परेका थिए । घटना पश्चात उक्त घटना कृतिम बनाउनका लागि हत्याराले ईशराको शव व्यवस्थापन गरेका थिए।जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले घटनाको अनुसन्धान गरेको थियो। जिल्ला प्रहरी कार्यालय अछामले घटनाको शनिबार बिहान पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको थियो। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार