२० माघ, हेटौंडा । त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। नेपाली राष्ट्रिय महिला टोली दोस्रो खेलमा थाइल्यान्डसँग ४ विकेटले पराजित भएको हो। यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो।
टियू क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य थाइल्यान्डले अन्तिम ओभर बाँकी हुँदै ६ विकेट गमाएर पूरा गर्यो।
थाइल्यान्डको जितमा ननापत कोन्चारोएनकाइले ६० रनको सानदार अर्धशतकीय अविजित इनिङ्स खेलिन्। उनले ५८ बलको सामना गर्दै ६ चौका प्रहार गरेकी थिइन्।
उनीबाहेक कप्तान नरिमोल चाइवाइले १३ रन बनाउँदा सुवानन अइओटोले १४ रन बनाएकी थिइन्।
नेपालका लागि मनिषा उपाध्यायले २ विकेट लिँदा कविता जोशी, रुविना क्षेत्री र कविता कुँवरले समान १-१ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि कविता कुँवर र विन्दु रावलले २५-२५ रन बनाउँदा ममता चौधरीले १५ रन बनाइन्। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउनन सकेनन्।
थाइल्यान्डका लागि थिपचा पुथवङ्गले ३ विकेट लिँदा फनिथा माया र नथ्या बोचाथामले २-२ विकेट लिए। त्यस्तै चनिदा सुथिरूङ्गाले १ विकेट हात पारेकी थिइन्।
जितसँगै थाइल्यान्ड लगातार २ जितसहित शीर्ष स्थानमा पुगेको छ। यसअघि नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो। थाइल्यान्डले भने पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको थियो। नेपालको यो लगातार दोस्रो हार हो ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
















-1786686763.jpg)

