Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा नेपाल पराजित

20250202_065747-1738458795.jpg

२० माघ, हेटौंडा । त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। नेपाली राष्ट्रिय महिला टोली दोस्रो खेलमा थाइल्यान्डसँग ४ विकेटले पराजित भएको हो। यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो।
टियू क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य थाइल्यान्डले अन्तिम ओभर बाँकी हुँदै ६ विकेट गमाएर पूरा गर्‍यो।
थाइल्यान्डको जितमा ननापत कोन्चारोएनकाइले ६० रनको सानदार अर्धशतकीय अविजित इनिङ्स खेलिन्। उनले ५८ बलको सामना गर्दै ६ चौका प्रहार गरेकी थिइन्।
उनीबाहेक कप्तान नरिमोल चाइवाइले १३ रन बनाउँदा सुवानन अइओटोले १४ रन बनाएकी थिइन्।
नेपालका लागि मनिषा उपाध्यायले २ विकेट लिँदा कविता जोशी, रुविना क्षेत्री र कविता कुँवरले समान १-१ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि कविता कुँवर र विन्दु रावलले २५-२५ रन बनाउँदा ममता चौधरीले १५ रन बनाइन्। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउनन सकेनन्।
थाइल्यान्डका लागि थिपचा पुथवङ्गले ३ विकेट लिँदा फनिथा माया र नथ्या बोचाथामले २-२ विकेट लिए। त्यस्तै चनिदा सुथिरूङ्गाले १ विकेट हात पारेकी थिइन्।
जितसँगै थाइल्यान्ड लगातार २ जितसहित शीर्ष स्थानमा पुगेको छ। यसअघि नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो। थाइल्यान्डले भने पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको थियो। नेपालको यो लगातार दोस्रो हार हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार