Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधिसभा सम्पन्न

FB_IMG_1739061038720-1739061239.jpg

२७ माघ, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ ।
शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतित्थ्यता र शिक्षक संघ बागमती प्रदेशका अध्यक्ष दिपक सिम्खडाको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि काफ्लेले  शिक्षकहरुका वषौदेखि चेपुवामा परेको र नयाँ ऐन जारी भएसंगै शिक्षकको समस्याले निचोड पाउने बताएका छन्।
उक्त अवसरमा संघका सचिब श्रीराम लुइँटेलले संघको प्रगति प्रतिवेदन र सचिब अर्थ धन बहादुर लामाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। 
कार्यक्रममा नेपाली कांंग्रेस मकवानपुरका पूर्व सभापति तथा संगठन विभाग प्रमुख माइकल रामचन्द्र अर्याल,  पूर्व सभापति रघुरमण न्यौपाने,नेपाल शिक्षक संघका केन्द्रीय सदस्य रामकुमार अधिकारी, काँग्रेस मकवानपुरका प्रवक्ता अर्जुन प्रसाद चौलागाईं, शिक्षक संघका बागमती प्रदेश सदस्य ज्ञानेन्द्र बर्तौला,दिपेन्द्र रेग्मी, काँग्रेस मकवानपुर जिल्ला सदस्य तथा शिक्षा विज्ञान तथा प्रविधि विभाग संयोजक माधव प्रसाद न्यौपाने  लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा मकवानपुरका दश वटै स्थानीय तह अन्तर्गत शिक्षक संघका पदाधिकारीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो।
कार्यक्रममा उत्कृष्ट स्थानीय तह तर्फ नेपाल शिक्षक सङ्घ, बकैया गाउँ कार्यसमिति, उत्कृष्ट प्रधानाध्यापक तर्फ, राजेन्द्र थापा, श्री भानु माध्यमिक विद्यालय, मकवानपुरगढी–३, तुल बहादुर सुनार,श्री प्रजा आधारभूत विद्यालय, मनहरी–३,घडलाल स्याङ्तान, श्री सुनाचुरी चुरेडाँडा प्राथमिक विद्यालय, राक्सिराङ –५,त्यसैगरी उत्कृष्ट बिद्यालय तर्फ श्री पञ्चकन्या माध्यमिक विद्यालय, इपा, भीमफेदी–८, श्री कालिका आधारभूत विद्यालय, हेटौंडा–१, श्री गिता आधारभूत विद्यालय, भोर्लेनी, बागमती–५ र संघ प्रवेश शिक्षकहरू सम्मानित गरिएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार