१ फागुन, हेटौंडा । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचारी ठहर भएका छन् । सर्वोच्च अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै ६ वर्ष कैद र एक करोड २२ लाख जरिवानाको फैसला गरेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले बुधबार दोषी ठहर गरेको छ ।
पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिँदा उनले भ्रष्टाचार गरेको सर्वोच्चको ठहर छ । पराजुली तत्कालीन काठमाडौं जिल्ला विकास समितिको स्थानीय विकास अधिकारी रहँदा बालुवाखानी सञ्चालन गर्न इजाजत दिएका थिए ।
सोही मुद्धामा नेकपा एमालेका नेता निर्मल कुइँकेलसहित ९ जनालाई पनि दोषी ठहर गरेको छ । विशेष अदालतबाट उनीहरूले सफाइ पाएका थिए । त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावेदन गरेको थियो ।
पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव कुइँकेललाई ६ वर्ष कैद सजाय भएको छ । कुइकेलले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ । विशेष अदालतले उनलाई त्यति नै जरिवाना हुने फैसला गरेको छ ।
कोषका अर्का सदस्य सचिव सुशील नाहाटालाई ६ वर्ष कैद सजाय सुनाएको छ । उनले ९१ लाख ६३ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर भएको छ । उनलाई त्यति नै जरिवाना हुनेछ । अदालतले महेन्द्रलाल श्रेष्ठलाई ४ वर्ष कैद सजाय तोकेको छ । अबैध रुख कटान गरेकोमा डेढ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर भएको छ । बालुवाखानी सञ्चालन गर्न दिँदा जिविसको रोयल्टीमा भ्रष्टाचार गरेको आरोपमा साढे ३८ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर भएको हो । सर्वोच्च अदालतले उनलाई ७८ लाख ५३ हजार जरिवाना हुने आदेश गरेको छ ।
तत्कालीन स्थानीय विकास अधिकारी प्रेमराज जोशीमाथि ६ महिना कैद सजायको फैसला भएको छ । उनले दुई करोड ३७ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर सहित सर्वोच्च अदालतले त्यति नै रकम जरिवाना गर्ने फैसला गरेको छ । काठमाडौं जिविसका तत्कालिन योजना अधिकृत भीष्मकुमार मल्ल, राजुकुमार रेग्मीलाई पनि जोशीकै सरह कैद र जरिवानाको फैसला भएको छ ।
सर्वोच्चले बालुवाखानीको ठेक्का पाएका बच्चराम दाहालबाट १२ करोड ९९ लाख रुपैयाँ असुल्नुपर्ने फैसला गरेको छ । अर्का ठेकेदार मिठाराम दाहालबाट दुई लाख ३७ हजार असुल्नुपर्ने फैसला गरेको छ ।
१२ चैत, हेटौंडा । मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक...
१२ चैत, हेटौंडा । कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक रौतहट...
१२ चैत, हेटौंडा । काठमाडौंमा विद्यार्थीहरुले उर्जामन्त्री दिपक खड्काको पुत्ला दहन गरेका छन् । नेपाल विद्युत्...
१२ चैत, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला २०० रुपैयाँ घटेको हो । छापावाल सुन...
१२ चैत, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे रानी सामुदायिक वन उपभोक्ता समूहको रुद्रपुर धमिनाताल सामुदायिक...
१२ चैत, हेटौंडा। त्रिशूली नदीमा कोइला बोकेको ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान मुग्लिन नारायणगढ...
१२ चैत, हेटौंडा । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति...
१२ चैत, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड भ्रमणमा जाने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्...
१२ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशको पहाडी...
७ चैत, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसंग ठोक्किदा ग्याँस लोड...
रूपेश दुलाल/सुनिल शिवाकोटी ५ चैत, हेटौंडा । केही बर्ष अघिसम्म पर्यटनका हिसाबले ओझेलमा रहेको चित्लाङ अहिले...
२९ फागुन, हेटौंडा। मकवानपुरमा होलीका क्रममा अवान्छित गतिविधि गर्ने ११ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा...
६ चैत, हेटौंडा। मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा...
२ चैत , हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिबाट लागु...
८ चैत, हेटौंडा । दोलखाको बिगु गाउँपालिका-२ जगतमा एसईई दिएर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोशी नदीमा डुबेर...
५ चैत, हेटौंडा। मकवानपुरकाे मनहरीमा बसको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका...
९ चैत, लहान। सिरहाको औरही गाउँपालिकाका भएको घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप...
११ चैत, हेटौंडा। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्त भएका छन्। उनलाई सोमबार...