३ फागुन, हेटौंडा । मकवानपुरगढी-२ शिखरकटेरीमा वन डढेलो नियन्त्रणका लागि सचेतनामुलक अभियान संचालन गरिएको छ ।
विश्व सालक दिवसको अवसरमा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह हेटौंडा-६, बाघभैरव सामुदायिक वन समूह मकवानपुरगढी-२ र अशोक सामुदायिक वन उपभोक्ता समूह हेटौंडा-१७ को संयुक्त आयोजनामा सचेतनामुलक अभियान भएको हो ।
अभियान अन्तरगत शिखरकटेरीदेखि शुरू भएको सचेतनामुलक र्याली गैरीभञ्ज्याङ पुन: शिखरकटेरीमा फर्किएर अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा मकवानपुरगढी सव डिभिजन फरेष्टर देवेन्द्र सञ्जेल र हर्नामाडि सव डिभिजन सहायक वन अधिकृत मदन घिमिरेले सहजिकरण गरेका थिए । त्यस्तै, वन विज्ञान अध्ययन संस्थान हेटौंडा र कृषि वन विश्वविद्यालय हेटौंडाका विद्यार्थीले सालकबारे जानकारी दिएका थिए ।
मकवानपुरगढी-२ का वडा अध्यक्ष बखानसिंह पाख्रिनको प्रमुख आतिथ्यता एवं चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा मकवानपुरगढी-२ का वडा सदस्य रामप्रसाद चौरेल, हर्नामाडि सव डिभिजन सहायक वन अधिकृत मदन घिमिरे, इप्रका मकवानपुरगढी, प्रहरी निरीक्षक बिरेन्द्र रायमाझी, सामुदायिक वन उपभोक्ता महासंघ हेटौंडा नगर सचिवालय सदस्य दुर्गा महत, पत्रकार रूपेश दुलाल, बाघभैरव सामुदायिक वन समूहका अध्यक्ष गम्भीरराज न्यौपाने, अशोक सामुदायिक वन समूहका अध्यक्ष रमेशकुमार राई, चुच्चेखोला सामुदायिक वन उपभोक्ता सामूहका कार्यालय सचिव केदार गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ हेटौंडा नगर सचिवालय सदस्य नारायण ढकाल, वन रक्षक किरणकुमार क्षेत्री लगायतको सहभागिता रहेको थियो ।
सामुदायिक वन समूहका उपभोक्ता, टोल विकास संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । प्रत्येक बर्षको फेब्रुअरीको तेस्रो शनिबार मनाइने सालक दिवसको यस वर्षको नारा 'सालक संरक्षणको लागि युवा विरासत' रहेको छ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







