Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरगढी-२ मा वन डढेलो नियन्त्रणका लागि सचेतनामुलक अभियान

IMG_20250215_135906-1739615092.jpg

३ फागुन, हेटौंडा । मकवानपुरगढी-२ शिखरकटेरीमा वन डढेलो नियन्त्रणका लागि सचेतनामुलक अभियान संचालन गरिएको छ ।
विश्व सालक दिवसको अवसरमा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह हेटौंडा-६, बाघभैरव सामुदायिक वन समूह मकवानपुरगढी-२ र अशोक सामुदायिक वन उपभोक्ता समूह हेटौंडा-१७ को संयुक्त आयोजनामा सचेतनामुलक अभियान भएको हो ।
अभियान अन्तरगत शिखरकटेरीदेखि शुरू भएको सचेतनामुलक र्याली गैरीभञ्ज्याङ पुन: शिखरकटेरीमा फर्किएर अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा मकवानपुरगढी सव डिभिजन फरेष्टर देवेन्द्र सञ्जेल र हर्नामाडि सव डिभिजन सहायक वन अधिकृत मदन घिमिरेले सहजिकरण गरेका थिए । त्यस्तै, वन विज्ञान अध्ययन संस्थान हेटौंडा र कृषि वन विश्वविद्यालय हेटौंडाका विद्यार्थीले सालकबारे जानकारी दिएका थिए ।
मकवानपुरगढी-२ का वडा अध्यक्ष बखानसिंह पाख्रिनको प्रमुख आतिथ्यता एवं चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा मकवानपुरगढी-२ का वडा सदस्य रामप्रसाद चौरेल, हर्नामाडि सव डिभिजन सहायक वन अधिकृत मदन घिमिरे, इप्रका मकवानपुरगढी, प्रहरी निरीक्षक बिरेन्द्र रायमाझी, सामुदायिक वन उपभोक्ता महासंघ हेटौंडा नगर सचिवालय सदस्य दुर्गा महत, पत्रकार रूपेश दुलाल, बाघभैरव सामुदायिक वन समूहका अध्यक्ष गम्भीरराज न्यौपाने, अशोक सामुदायिक वन समूहका अध्यक्ष रमेशकुमार राई, चुच्चेखोला सामुदायिक वन उपभोक्ता सामूहका कार्यालय सचिव केदार गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ हेटौंडा नगर सचिवालय सदस्य नारायण ढकाल,  वन रक्षक किरणकुमार क्षेत्री लगायतको सहभागिता रहेको थियो ।
सामुदायिक वन समूहका उपभोक्ता, टोल विकास संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । प्रत्येक बर्षको फेब्रुअरीको तेस्रो शनिबार मनाइने सालक दिवसको यस वर्षको नारा 'सालक संरक्षणको लागि युवा विरासत' रहेको छ ।

IMG_20250215_152657-1739616293.jpg
IMG_20250215_123150-1739616295.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार