Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

थाहा संचारद्वारा ४ जनालाई सम्मान

IMG_2636-1519044220.JPG

७ फागुन, हेटौँडा । रेडियो थाहा संचार ९९.६ ले सोमबार हेटौँडामा आफ्नो क्षेत्रमा उदाहरणीय काम गरेका मकवानपुरका ४ जनालाई सम्मान गरेको छ । विन्दबासिनी मिडिया प्रालिद्वारा संचालित रेडियोले आफ्नो दशौं बार्षिकोत्सव समापन कार्यक्रममा ४ जनालाई थाहा सम्मानबाट सम्मानित गरेको हो । 
कार्यक्रममा प्रमुख अतिथि साहित्यकार धनराज गिरी, रेडियोका संरक्षक अजेयराज सुमार्गी र अध्यक्ष अस्मिता सुमार्गीले शिक्षासेवी कपिलराम उपाध्याय, सामाजिक क्षेत्रमा सक्रिय मामाघर नेपालका संरक्षक अर्पण पराजुली, महिला उद्यमी गणेशकुमारी श्रेष्ठ र युवा उद्यमी राजु अधिकारीलाई सम्मान गरेका हुन् । कार्यक्रममा रेडियोका संचालक अरुणराज सुमार्गी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको अवसरमा कवि गोष्ठी समेत भएको थियो । कवि गोष्ठीमा एक दर्जन कविहरुले आप्mनो प्रस्तुति दिएका थिए । कार्यक्रमकै अवसरमा रेडियोका विज्ञापन दातालाई सम्मान गरिको थियो । रेडियोले साताव्यापी कार्यक्रम गरेर आप्mनो बार्षिकोत्सव मनाएको हो । धार्मिक पुस्तक वितरण, रक्तदान, विश्व साइकल यात्री पुष्कर शाहलाई सम्मान, थाहा दर्शन सम्बन्धी परिचर्चा र वक्तृत्वकला प्रतियोगिता गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार