Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

राजनीति

हेटौंडा सिमेन्टले २० वर्षदेखि बन्द रहेको रोप-वे बेच्यो

Screenshot_20250217_16200-1739788667.jpg

५ फागुन, हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले बिगत २० वर्षदेखि संचालनमा नरहेको रोप–वे  विक्रि गर्ने भएको छ ।
आर्थिक अभावको चपेटमा परेको करिब ५ महिनादेखि उत्पादन गर्न नसकेको उद्योगले बन्द अवस्थामा रहेको रोप–वे विक्रि गर्न लागेको हो ।उद्योग सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन उद्योग प्रशासनले लामो समयदेखि संचालनमा नआएको रोप–वे बिक्रि गर्न लागेको हो। 
बाराको लिपनीमाल स्थित श्री पि.एस एण्ड सन्स इन्टरप्राइजेजलाई भ्याटसहित ४ करोड २५ लाख ६ हजार ८० रुपैयाँमा रोप–वे बिक्रि गर्न लागेको हो । रोप–वे बिक्रि गर्ने बिषयमा गत पुस ७ गते सम्झौता भएको उद्योगका सूचना अधिकारी हरेराम आचार्यले जानकारी दिएका छन्। तीन किस्तामा रकम पाउने र  पहिलो किस्ता वापतको १ करोड ४२ लाख ६८ हजार ६९४ रुपैयाँ समेत प्राप्त गरिसकेको जनाइएको छ ।
रोप–वे खरिदकर्ता कम्पनीले सम्झौताको ९ महिना भित्र रोप–वेको सम्पूर्ण संरचना उठाइसक्नुपर्ने सहमती भएको सूचना अधिकारी आचार्यले जानकारी दिएका छन्। 
यता उद्योगका माहाप्रवन्धक बशन्त कुमार पाण्डेले लामो समयदेखि बन्द भएर प्रयोगमा नआएकाले रोप–वे विक्रि गरेको जनाएका छन् । हेटौंडा ९ मा रहेको उद्योगको भिमफेदी गाउँपालि वडा नम्बर २ भैंसेखानी सम्म करिब ११ किलोमिटर लामो  रोप–वे छ। रोप-वे सिस्टमसँग जोडिएका रोप–वेका टावर, तार र बकेट लगाएतका फालमजन्य सामान बिक्रि गरिने छ। २०६१ सालबाट रोप-वे संचालनमा रहेको छैन् ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
नेपाल साफ फुटसलको उपाधि होडबाट बाहिरियो
nepal-1-1769076351-1769131981.jpg

९ माघ, हेटौंडा । नेपाल साफ फुटसल च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ । माल्दिभ्ससँग २-१ गोल अन्तरले हारेपछि...

आज उम्मेदवारी फिर्ता र चुनाव चिन्ह वितरण हुने
Election-Commission-nirba-1769131562.jpg

९ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत उमेदवारले आज उमेदवारी फिर्ता लिन सक्नेछन् । दिउँसो १...

रेशम चौधरीको उम्मेदवारी खारेज
resham-1032024031549-1332-1769131080.jpg

९ माघ, हेटौंडा । कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशमलाल चौधरीको...

आज सरस्वती पूजा पर्व मनाइँदै
Saraswati_Puja_sPBs4wvf1v-1769130515.jpg

९ माघ, हेटौंडा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
16655388081665538808-1769129867.jpg

९ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा...

हेटौंडामा करेन्ट लागेर प्राधिकरणका मजदुरको मृत्यु
Screenshot_20260123_06343-1769129380.jpg

८ माघ,हेटौंडा । मकवानपुरको हेटौंडा १७ मा  करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ ।  बिहीबार दिउसो हेटौडा १७...

बकैया ११ आँपचौरमा दुर्घटना, स्कुटर चालकको मृत्यु
IMG_0730-1769082893.png

८ माघ, हेटौंडा । मकवानपुरको बकैया ११ आँपचौरमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । बिहीबीर दिउँसो...

पूर्वअतिरिक्त सचिव मिश्रसँग ५ लाख रुपैयाँ धरौटी माग
Screenshot_20260122_06551-1769044228.jpg

८ माघ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग विशेष अदालतले ५ लाख...

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
Election-Commission-nirba-1769043792.jpg

८ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन हुँदै छ...

थप समाचार