महोत्सव बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन
५ फागुन, हेटौंडा। फागुन ६ गतेबाट १८ गते सम्म हेटौंडा १० को टिसिएनचौरमा हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१को उदघाटन गृहमन्त्री रमेश लेखकले गर्ने भएका छन्। सोमबार महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपल कँडेलले यस बारे जानकारी गराएका हुन्। ६ फागुनदेखि १८ गते सम्म निर्माण व्यवसायी संघ मकवानपुरद्वारा आयोजित ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१’ को उद्घाटन गृहमन्त्री लेखकले गर्ने महोत्सव प्रचार प्रसार संयोजक सुरज बर्तौलाले बताएका छन् ।
गृहमन्त्री लेखकले मंगलबार बिहान ११:३० बजे महोत्सव उद्घाटनको कार्यतालिका रहेको बर्तौलाले जनाएका छन्। महोत्सव उदघाटन पुर्व हेटौंडा ४ हुप्रचौरबाट शोभायात्रा सहित र्याली सुरु हुने र नगरको परिक्रमा गरी महोत्सव स्थलमा पुगेर टुङ्गिने शोभायात्रा समितिका संयोजक भवनाथ अधिकारीले जानकारी दिएका छन्। यता आयोजकले महोत्सवमा उद्घाटनको दिन आगन्तुकको लागी प्रवेश निःशुल्क रहेको जनाएको छ।७ गतेबाट महोत्सव प्रवेशमा विद्यार्थीका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि ७५ रुपैयाँ शुल्क निर्धारण गरिएको प्रचार प्रसार संयोजक बर्तौलाले जनाएका छन्। शिवम् सिमेन्टको डिस्ट्रिक्ट पार्टनर सिप रहको महोत्सवमा ३ सय २५ वटा स्टल बुकिङ भइसकेको पत्रकार सम्मेलनमा जनाइएको छ । महोत्सव स्थल बेलुही झै सिङ्गारिएको छ।
महोत्सवमा निर्माण उपकरण तथा सामग्रीहरुको प्रदर्शनी एवम् बिक्री, बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनको प्रदर्शनी एवम् बिक्री, सूचना प्रविधि प्रदर्शनी तथा मनोरञ्जनात्मक बाल उद्यान, कृषि उत्पादनको प्रदर्शनी तथा कृषि प्रतियोगिता, दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, शैक्षिक, घरजग्गा, अटो तथा खाना महोत्वस, नविनतम उपकरणहरुको प्रदर्शनी तथा नयाँ, नौलो प्रबिधिको प्रदर्शनी र गायन प्रतियोगिता हेटौंडा आइडल लगायतको आकर्षणहरु रहेने बताइएको छ ।महोत्सव उद्घाटनका लागि गृहमन्त्री लेखक हेलिकोप्टर मार्फत हेटौंडा आउनेछन्।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)