७ फागुन, हेटौँडा । साहित्यिक परिवारको २५ औँ वार्षिकोत्सव तथा २२२औँ साहित्य श्रृंलाका अवसरमा बृहत् साहित्य गोष्ठी तथा स्रस्टा सम्मान समारोह बकैयाको छतिवनमा सम्पन्न भएको छ ।
मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानबापत पाँचजना साहित्यकारहरूलाई सम्मान गरिएको छ । झरनाले गजलकार डा. घनश्याम न्यौपाने परिश्रमीलाई नगद ११,५५५।– राशि सहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान, जनार्दन खनाल र परशुराम गौतमलाई जनही नगद रू. ५,५५५।– राशि सहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान, कवि असिम सागरलाई नगद रू. ५,५५५।– राशिसहितको खडानन्द–मनमाया प्रतिभा सम्मान र कवि पूर्णकला घिमिरेलाई नगद रू.५,५५५।– राशिसहितको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान प्रदान प्रदान गरिएको छ ।
कार्यक्रममा झरनाको प्रचारप्रसारमा विशेष सहयोग गरेबापत पत्रकारहरू सम्मान धर्मेन्द्र दहाल, प्रमोद अर्याल र यादव चौलागाईँलाई समेत सम्मान गरिएको थियो ।
यसैगरी झरनाबाट उत्प्रेरित भई साहित्यिक कृति प्रकाशन गरेबापत् अनमोलमणि, सुवास खनाल, विश्वनाथ सञ्जेल, र कुमार स्याङ्बोलाई झरना रजत सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा संस्थापकहरू, पूर्व कार्यसमिति पदाधिकारी तथा विशिष्ट आजीवन सदस्यहरूलाई समेत सम्मान गरिएको थियो ।
समारोहमा बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, बकैया–४ का वडाध्यक्ष राजन दङ्गाल लगायत साहित्यकारहरू तुल्सी थापा, आर. सी. रिजाल, प्रोल्लास सिन्धुलीय, निमेष निखिल, ज्योति जङ्गल, हरिकृष्ण काफ्ले, रत्नविरही घिमिरे, रमेशमोहन अधिकारी, सञ्जय साह, सुदेश सत्याल, विर्खे अञ्जान, राजकुमार लामिछाने, उद्धब सापकोटा, शान्ति प्रियबन्दना, पुरूषोत्तम आचार्य, अमृता नेपाल, गणेशकुमार पौडेल विनोद खत्री आकाश, विनोद केसी, गौतम भद्रध्वज, उमेश तिमल्सिना, लगायत देशका विभिन्न भागहरूबाट विविध विधाका साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
स्थानीय तथा राष्ट्रिय स्तरका विविध विधाका पाँच दर्जनभन्दा बढी साहित्यकारहरूले रचना वाचन गरेको कार्यक्रममा स्थानीय समाजसेवी, राजनीतिकर्मी, विद्यार्थीहरू लगायत सयौंको उपस्थिति रहेको संस्थाका सचिव चिरञ्जीवी लामिछानेले जानकारी दिए ।
१९ असार, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिवार वरिष्ठ कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम...
१८ असार, हेटौंडा । लुम्बिनी प्रदेश सरकारका पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीले पदीय मर्यादा विपरीत...
१८ असार, हेटौंडा । देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
१८ असार, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिहरुलाई सम्मान गर्ने...
१८ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा...
१८ असार, बर्दिया । बर्दियामा निउरो टिप्न गएका एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–३ स्थित सीमावर्ती...
१८ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका...
१८ असार, हेटौंडा । मकवानपुरका नारी साहित्यकारहरुको एकमात्र साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले एकसाथ दश...
१८ असार, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोईराला विश्व...
१६असार,हेटौंडा । कान्तिलोक पथ अन्तर्गत हेटौंडा-५ राधाकृष्ण मन्दिर नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई...
१७ असार,हेटौंडा।कान्तिलोक पथ अन्तर्गत मकवानपुरको बकैया ११ घट्टेपाख नजिक फलाम बोकेको ट्रक दुर्घटनाग्रस्त हुदा...
१३ असार, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पतालमा देखिएको कमजोरी सुधार्ने...
७ असार, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत हेटौंडा-१७ मा ट्रकको ठक्करबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा...
१४ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल र दलका नेता ईन्द्रबहादुर बानियाँले मिर्गौला रोगी...
१० असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ पशुपतिनगरमा ट्यांकर र बस ठोक्किदा १६ जना घाइते भएका...
८ असार, हेटौंडा । मकवानपुर प्रहरीले एक व्यक्तीलाई बन्धक बनाई फिरौती रकम माग्ने तिन युवालाई पक्राउ गरेको छ।...
८ असार,हेटौंडा । हेटौंडाको मुटु मानिएको हेटौंडा-१० बसपार्क क्षेत्रमा आफै उम्रेको लागुऔषध गाँजा फडानी गरेर जलाएर...
१६असार,हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ। जिल्ला प्रशासन कार्यालय ...