७ फागुन, हेटौंडा। मकवानपुरको कैलाश बुधबारबाट पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ। कैलाश गाउँपालिकाको आयोजना तथा खेलकुद विकास समितिको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको बुधबार एक समारोहका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उदघाटन गरेका छन् ।
स्थानीय भवानी माध्यमिक विद्यालयको खेल मैदानमा दुई दिन सञ्चालन चल्ने प्रतियोगितामा ६ वटा माध्यामिक विद्यालयले सहभागिता रहेको छ।
कैलाश खेलकुद विकास समितिका संयोजक मोहन वाईवाको सभाध्यक्षता भएको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मोक्तानले स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ पहिलो पटक खेलकुद विकास समिति मार्फत प्रतियोगिता गरिएको बताएका हुन्।
उनले विगतमा विद्यालयको व्यवस्थापनमा भइरहेको प्रतियोगिता ऐनमा उल्लेख भए बमोजिम यसवर्ष देखी भने समिति मार्फत प्रतियोगिता गरिएको जनाएको छन्।
कैलाशले मकवानपुर जिल्ला स्तरीय प्रतियोगितामा स्वर्ण एक, रजत तीन र कास्य दुई वटा पदक जित्न सफल भएको अध्यक्ष मोक्तानले जानकारी दिएका छन्।
उनले खेललाई मर्यादित र अनुशासित भएर खेल्न आग्रह गर्दै भौगोलिक विकटता रहेको कैलाशलाई शिक्षा र खेलकुद क्षेत्रको विकासमा वृद्धि गर्दै लगिरहेको बताए ।
उदघाटन कार्यक्रममा उनले आफ्नो टिमको सहकार्यमा यस वर्षबाट पहिलो पटक कैलाश गाउँपालिका १० नामटारमा रहेको कालिका माविलाई एसईइ परीक्षाको केन्द्र ल्याउन सफल भएको बताएका छन्।
कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्लले विद्यालयबाटै खेलकुलको विकास गर्न सके राष्ट्रिय खेलाडी तयार हुन सहजता हुने बताए । ।
कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष देवलाल बल, पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत समीर जोशी, भवानी माविका प्रअ बालचन्द्र मल्ललगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा भवानी माविका अध्यक्ष नमराज ओझा, प्रहरी चौकी भार्ताका प्रमुख धर्मदेव प्रसाद साह, प्रतियोगिताका रेफ्रि रमणकुमार झा र नन्नदलाल लामा, विभिन्न विद्यालयका प्रअ तथा विद्यालय अध्यक्षहरुको आतिथ्यता रहेको थियो । प्रतियोगितामा तीन विधाका खेल खेलाईने जनाइएको छ । भलिबल, मार्सल आर्ट र एथ्लेटिक्स खेलबीच प्रतिस्पर्धा रहने छ । एथ्लेटिक्समा एक सय, दुई सय, चार सय र आठ सय मिटरको दौड, हाइजम्प, लमजम्प, सर्टफुट लगायत अन्य खेल रहेका छन् भने छात्रतर्फ भलिबल र कालिका मावि र रत्नज्योति माविका विद्यार्थीबीच मार्सल आर्ट रहने समितिका सदस्य सचिव समेत रहनुभएका शिक्षा अधिकृत समीर जोशीले बताए ।
छनोट भएका विद्यार्थीलाई जिल्ला खेल्न पठाइनुका साथै पदकको आधारमा विद्यालयलाई राष्ट्रपति रनिङ्ग शिल्ड प्रदान गरिने जोशीले बताए । प्रतियोगितामा कमलादेवी मावि कैलाश २, भवानी मावि कैलाश ३, व्यास मावि कैलाश ६, धुवाङ्ग मावि कैलाश ८, कालिका मावि कैलाश ९ र रत्नज्योति मावि कैलाश १० का विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको जोशीले बताए । विजेताहरुलाई विहीबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरिनेछ ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)