९ फागुन, हेटौंडा। बागमती प्रदेश सरकारले माझीहरुको पर्व लदीमा सार्वजनिक बिदा दिने निर्णय देखि कर्मचारी बढुवा र भगिनी सम्बन्ध स्थापनाका लागि संघिय सरकारलाई सिफारिस गर्ने र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गराउने निर्णय गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा सहित बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो। शुक्रबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले फागुन २० गते माझी समुदायको लदी (कोशी) पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बागमती प्रदेशमा माझी समुदायको बाक्लो उपस्थिति रहेकाले लदी (कोशी) पर्वका दिन सम्पूर्ण माझी समुदायलाई मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिएका छन् ।आज बसेको मन्त्रिपरिषदको बैठकले दुई कर्मचारीको बढुवा तथा पदस्थापन गर्ने निर्णय पनि गरेको छ । बैठकले संघीय सरकारबाट सरुवा भई आएका सहसचिव उदय रानामगरलाई पस्थापन गर्ने निर्णय गरेको छ भने प्रदेशका सिनियर डिभिजनल इन्जिनियर नवीन सिंहलाई ११औँ तह (सचिव)मा पढुवा गर्ने निर्णय गरेको हो । सहसचिव रानालाई प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको सचिव पदमा कामकाजका लागि खटाउने निर्णय गरेको जनाइएको छ ।
यता पूर्वाधार विकास कार्यालय ललितपुरमा कार्यरत उपसचिवस्तरका सिनियर डिभिजन इन्जिनियर सिंहलाई कार्यसम्पादन तथा योग्याताको आधारमा ११औँ तहमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता लामिछानेले बताएका छन् ।
"मन्त्रीपरिषद्को बैठकले मण्डन देउपुर नगरपालिका र जापानको फुजी नोमिरा सहरबिच भगिनी सम्बन्ध स्थापनाका लागि सहमतिसहित संघीय सरकारमा सिफारिस गर्ने निर्णय गरिएको छ" - मन्त्री लामिछानेले भने ।त्यसैगरी बैठकले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गराउने निर्णयका साथै उद्योग, वाणिज्य तथा प्रशासन मन्त्रालयको प्रविधि हस्तान्तरण कार्यविधि र तालिम सञ्चालसम्बन्धी कार्यविधि २०८१ स्वकीकृत गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद्को बैठकले वनडढेलो सम्बन्धमा अस्ट्रेलियामा अध्ययन तथा अनुगमनका लागि प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव केशव बरालको भ्रमण आदेश स्वीकृत दिने निर्णय पनि गरेको छ जनाइएको छ ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)