Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कैलाशका ईसिडी शिक्षकलाई मन्टेश्वरी तालिम

Screenshot_20250225_18493-1740488852.jpg

१३ फागुन, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाका प्रारम्भिक बाल विकास(ईसिडी) शिक्षकहरुका लागि मन्टेश्वरी तालिम प्रदान गरिएको हो। चार दिने चल्ने मन्टेश्वरी तालिम मंगलबार उद्घाटन् भएको छ ।कालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद कालाखेतीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको तालिम कैलाश वडा नम्बर ९ मा अवस्थित कालिका माध्यामिक विद्यालयमा तालिम सञ्चालन भएको हो ।
तालिम उदघाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष ठकुरीले बालविकासका शिक्षकको कार्यक्षमतामा वृद्धि हुने ध्येयका साथ तालिम सञ्चालन गरिएको बताएका छन् । यो दोस्रो पटकको तालिम हो सिकेको सीपलाई कार्यान्वयन गर्न आग्रह गर्दै उनले सुरुवातको सिकाइ नै गाह्रो सिकाई हो, त्यसलाई आत्मसाथ गर्दै आइरहनु भएको अवस्थामा यहाँहरुको भूमिका महत्वपूर्ण रहेको बताए । 
 उनले बालविकास केन्द्रमा सेवा सुविधा कम भए पनि सेवारत रहने शिक्षकहरुको प्रशंशा गर्दै अनवरत रुपमा कामले शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । 
कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशीले बालविकास शिक्षकको वृद्धिविकास र पेशागत विकासका लागि तालिम सञ्चालन गरिएको बताए ।
 विद्यालयकै आधारशीला बालविकास केन्द्र हो, बालमैत्री र सिकाईमैत्री वातावरणमा बालबालिकालाई अध्यापन गराउनु पर्ने शिक्षकहरुको दायित्व रहेको जोशीले बताए ।  १६ गते सम्म सञ्चालन हुने तालिममा ४० वटा बाल विकास केन्द्रका शिक्षकहरुको सहभागिता रहेको छ । चार दिने तालिमलाई प्रशिक्षकद्धय रजनी श्रेष्ठ र रश्मी श्रेष्ठले सहजीकरण गर्ने छन् । कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, प्रशिक्षकद्धय रजनी श्रेष्ठ र रश्मी श्रेष्ठ,  शिक्षक स्रोत व्यक्ति धुव्रराज विष्ठ, प्राविधिक सहायक दीपेन्द्र अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार