Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कैलाशका ईसिडी शिक्षकलाई मन्टेश्वरी तालिम

Screenshot_20250225_18493-1740488852.jpg

१३ फागुन, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाका प्रारम्भिक बाल विकास(ईसिडी) शिक्षकहरुका लागि मन्टेश्वरी तालिम प्रदान गरिएको हो। चार दिने चल्ने मन्टेश्वरी तालिम मंगलबार उद्घाटन् भएको छ ।कालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद कालाखेतीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको तालिम कैलाश वडा नम्बर ९ मा अवस्थित कालिका माध्यामिक विद्यालयमा तालिम सञ्चालन भएको हो ।
तालिम उदघाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष ठकुरीले बालविकासका शिक्षकको कार्यक्षमतामा वृद्धि हुने ध्येयका साथ तालिम सञ्चालन गरिएको बताएका छन् । यो दोस्रो पटकको तालिम हो सिकेको सीपलाई कार्यान्वयन गर्न आग्रह गर्दै उनले सुरुवातको सिकाइ नै गाह्रो सिकाई हो, त्यसलाई आत्मसाथ गर्दै आइरहनु भएको अवस्थामा यहाँहरुको भूमिका महत्वपूर्ण रहेको बताए । 
 उनले बालविकास केन्द्रमा सेवा सुविधा कम भए पनि सेवारत रहने शिक्षकहरुको प्रशंशा गर्दै अनवरत रुपमा कामले शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । 
कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशीले बालविकास शिक्षकको वृद्धिविकास र पेशागत विकासका लागि तालिम सञ्चालन गरिएको बताए ।
 विद्यालयकै आधारशीला बालविकास केन्द्र हो, बालमैत्री र सिकाईमैत्री वातावरणमा बालबालिकालाई अध्यापन गराउनु पर्ने शिक्षकहरुको दायित्व रहेको जोशीले बताए ।  १६ गते सम्म सञ्चालन हुने तालिममा ४० वटा बाल विकास केन्द्रका शिक्षकहरुको सहभागिता रहेको छ । चार दिने तालिमलाई प्रशिक्षकद्धय रजनी श्रेष्ठ र रश्मी श्रेष्ठले सहजीकरण गर्ने छन् । कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, प्रशिक्षकद्धय रजनी श्रेष्ठ र रश्मी श्रेष्ठ,  शिक्षक स्रोत व्यक्ति धुव्रराज विष्ठ, प्राविधिक सहायक दीपेन्द्र अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार