१३ फागुन, हेटौंडा । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बनेको बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको बैठक ७ बुँदे निर्णय गर्दै सकिएको छ ।
संयन्त्र संयोजक नेकपा (एमाले) बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईको अध्यक्षतामा ललितपुरमा बसेको बैठकले ७ बुँदे निर्णय गरेको हो ।
बैठकले बागमती प्रदेश सरकार अन्तर्गतका विभिन्न निकायहरुमा हुनुपर्ने राजनीतिक नियुक्तिहरु समयमा नै नभई प्रदेश सरकारका काम, कारवाहीमा परेको अप्ठेरो समेतलाई दृष्टिगत गरि बाँकी रहेका राजनीतिक नियुक्तिहरुलाई दुई दलको आपसी सहमतिमा यथाशिघ्र टुंग्याउन बागमती प्रदेश सरकारलाई बैठकले निर्देश गरेको छ ।
बागमती प्रदेश सरकारले तय गरेका आयोजनाहरुलाई यथाशिघ्र सम्पन्न गर्न र न्यून पुँजिगत खर्चलाई बढाउन छिटो, छरितो एवं प्रभावकारी तवरले योजना कार्यन्वयन गर्न बागमती प्रदेश सरकारलाई बैठकले निर्देश गरेको छ ।
त्यस्तै, गत असोज ११ देखि १३ गतेसम्म आएको बर्षात र बाढीबाट बागमती प्रदेश भित्रका क्षति भएका सम्पुर्ण संरचनाहरुलाई पुर्ननिर्माण र बिस्थापितहरुको पुर्नस्थापना गर्ने कार्यलाई तिब्रता दिन र बर्षातको समय नजिकिरहेकाले विपद जोखिम ब्यबस्थापनका लागि पुर्वतयारी कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाउन बागमती प्रदेश सरकारलाई यस बैठकले निर्देश गरेको छ । बैठकले बागमती प्रदेश भित्र रहेका समस्याग्रस्त सहकारीहरुको यथार्थ अवस्था पहिचान गर्ने तथा सहकारीमा भएको कारोबारका कारण कोहि पनि सदस्य पीडित नहुने आवश्यक व्यवस्था गर्ने कार्यलाई अझ सुदृढ र ब्यबस्थित रुपमा अगाडी बढाउन बागमती प्रदेश सरकारलाई निर्देश गरेको छ ।
प्रदेश सरकारले अगाडी बढाएका योजना तथा कार्यक्रमहरु अन्तर्गत भौतिक निर्माणका कार्यहरु सम्पन्न भैसकेका तथा अधिकांश निर्माण कार्य सम्पन्न भई केहि बाँकी रहेको अवस्थामा बिद्यमान कानूनी जटिलताका कारण म्याद थप हुन नसकी कार्य सम्पन्न, रकम भुक्तानी तथा संरचना हस्तानान्तरण भई प्रयोगमा आउन नसकेको आयोजनाहरुको हकमा कानूनी जटिलता फुकाई दिन दुई संघीय संयन्त्रलाई अनुरोध गर्ने र दुई दलीय जिल्ला स्तरीय संयन्त्र निर्माण तथा नियमित बैठकको अवस्थाका सम्बन्धमा दुबै दलले आ-आफ्नो जिल्ला तहमा समन्वय एवं निर्देश गर्ने निर्णय गरेको छ ।
बैठकमा बागमती प्रदेश स्तरीय दुई दलीय संयन्त्रका संयोजक नेकपा (एमाले) का बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको अध्यक्षतामा बसेको बैठकमा नेपाली कांग्रेसको तर्फवाट नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री बहादुर सिंह लामा र नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका उपसभापति चन्द्र महर्जन तथा नेकपा एमालेका तर्फबाट बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल तथा आमन्त्रीत सदस्यको रुपमा बागमती प्रदेश सरकारका मन्त्री प्रकाश श्रेष्ठको सहभागिता रहेको संयन्त्रका सचिव राजु नेपालले जनाएका छन् ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
_ed-1740492116.jpg)













-1786686763.jpg)



-1786539267.jpg)