१३ फागुन, हेटौंडा । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बनेको बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको बैठक ७ बुँदे निर्णय गर्दै सकिएको छ ।
संयन्त्र संयोजक नेकपा (एमाले) बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईको अध्यक्षतामा ललितपुरमा बसेको बैठकले ७ बुँदे निर्णय गरेको हो ।
बैठकले बागमती प्रदेश सरकार अन्तर्गतका विभिन्न निकायहरुमा हुनुपर्ने राजनीतिक नियुक्तिहरु समयमा नै नभई प्रदेश सरकारका काम, कारवाहीमा परेको अप्ठेरो समेतलाई दृष्टिगत गरि बाँकी रहेका राजनीतिक नियुक्तिहरुलाई दुई दलको आपसी सहमतिमा यथाशिघ्र टुंग्याउन बागमती प्रदेश सरकारलाई बैठकले निर्देश गरेको छ ।
बागमती प्रदेश सरकारले तय गरेका आयोजनाहरुलाई यथाशिघ्र सम्पन्न गर्न र न्यून पुँजिगत खर्चलाई बढाउन छिटो, छरितो एवं प्रभावकारी तवरले योजना कार्यन्वयन गर्न बागमती प्रदेश सरकारलाई बैठकले निर्देश गरेको छ ।
त्यस्तै, गत असोज ११ देखि १३ गतेसम्म आएको बर्षात र बाढीबाट बागमती प्रदेश भित्रका क्षति भएका सम्पुर्ण संरचनाहरुलाई पुर्ननिर्माण र बिस्थापितहरुको पुर्नस्थापना गर्ने कार्यलाई तिब्रता दिन र बर्षातको समय नजिकिरहेकाले विपद जोखिम ब्यबस्थापनका लागि पुर्वतयारी कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाउन बागमती प्रदेश सरकारलाई यस बैठकले निर्देश गरेको छ । बैठकले बागमती प्रदेश भित्र रहेका समस्याग्रस्त सहकारीहरुको यथार्थ अवस्था पहिचान गर्ने तथा सहकारीमा भएको कारोबारका कारण कोहि पनि सदस्य पीडित नहुने आवश्यक व्यवस्था गर्ने कार्यलाई अझ सुदृढ र ब्यबस्थित रुपमा अगाडी बढाउन बागमती प्रदेश सरकारलाई निर्देश गरेको छ ।
प्रदेश सरकारले अगाडी बढाएका योजना तथा कार्यक्रमहरु अन्तर्गत भौतिक निर्माणका कार्यहरु सम्पन्न भैसकेका तथा अधिकांश निर्माण कार्य सम्पन्न भई केहि बाँकी रहेको अवस्थामा बिद्यमान कानूनी जटिलताका कारण म्याद थप हुन नसकी कार्य सम्पन्न, रकम भुक्तानी तथा संरचना हस्तानान्तरण भई प्रयोगमा आउन नसकेको आयोजनाहरुको हकमा कानूनी जटिलता फुकाई दिन दुई संघीय संयन्त्रलाई अनुरोध गर्ने र दुई दलीय जिल्ला स्तरीय संयन्त्र निर्माण तथा नियमित बैठकको अवस्थाका सम्बन्धमा दुबै दलले आ-आफ्नो जिल्ला तहमा समन्वय एवं निर्देश गर्ने निर्णय गरेको छ ।
बैठकमा बागमती प्रदेश स्तरीय दुई दलीय संयन्त्रका संयोजक नेकपा (एमाले) का बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको अध्यक्षतामा बसेको बैठकमा नेपाली कांग्रेसको तर्फवाट नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री बहादुर सिंह लामा र नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका उपसभापति चन्द्र महर्जन तथा नेकपा एमालेका तर्फबाट बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल तथा आमन्त्रीत सदस्यको रुपमा बागमती प्रदेश सरकारका मन्त्री प्रकाश श्रेष्ठको सहभागिता रहेको संयन्त्रका सचिव राजु नेपालले जनाएका छन् ।
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
_ed-1740492116.jpg)

















