Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नगर स्तरीय शैक्षिक समन्वय हेटौंडाको महिला शिक्षक भलिबल, प्रथमले ७ हजार पाउने

Screenshot_20250227_18371-1740661028.jpg

१५ फागुन, हेटौंडा। नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौंडाले हेटौंडा नगर स्तरीय महिला शिक्षक तथा कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
फागुन १६ गते र १७ गते दुई दिन चल्ने प्रतियोगितामा हेटौंडा नगरका १० वटा विद्यालयको टिम सहभागी हुने प्रतियोगिता संयोजक बालकुमार श्रेष्ठले जानकारी दिएका छन्। बिहीबार सिमितले पत्रकार सम्मेलनमा आयोजना गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो।
प्रतियोगिता हेटौंडा ४ मा रहेको आधुनिक माविको खेलमैदानमा आयोजना हुने र प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमल् नगद क्रमश ७ हजार, ५ हजार र ३ हजार मेडल प्रमाणपत्र प्राप्त गर्ने सम्मेलनमा कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिएका छन्।
हेटाैडाकी मेयर मीनाकुमारी लामाले उद्घाटन गर्ने प्रतियोगिताको उद्घाटन् खेल सिद्धार्थ मा वि र ज्योति मा वि बिच हुने जनाइएको छ।
शिक्षणका साथै अतिरिक्त क्रियाकलापमा महिला सहभागिता वृद्धि गरी सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न सहयोग पुगोस भन्ने हेतुले प्रतियोगिता आयोजना गरिएको नगरस्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुइँटेलले बताएका छन्। बिहीबार नै पत्रकार सम्मेलनमा खेलको टाइसिट सार्वजनिक गरिएको छ। प्रतियोगितामा श्रीकृष्ण आधारभूत विद्यालय हेटौंडा ६,सिद्धान्त मावि हेटौंडा २,वंशगोपाल मा वि हेटौंडा ६,भूटनदेवी र आधुनिक मा वि हेटौंडा ४ त्रिभुवन मा वि हेटौंडा ११,ज्योति मा वि हेटौंडा १८ र जनप्रिय मावि हेटौडा १६ र प्रगति मावि हेटौंडा ९ सहभागी टिम हुन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार