१५ फागुन,हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमीफाइनलको समीकरण पुरा भएको छ। बुधबारबाट सुरु भएको पालिका स्तरीय अन्तर वडाकप फुटबलमा विहीबार चार खेल सम्पन्न भएसंगै कपको सेमीफाइनलका समीकरण पुरा भएको हो। बिहीबार भएको पहिलो खेलमा वडा १० ले वडा ६ लाई २ का विरुद्ध शून्य गोल अन्तरले पछि पार्दै सेमीफाइनल प्रवेश गरेको छ । वडा १० का लागि सागर बलले २ गोल गरेका थिए भने खेलको म्यान अफ द म्याच पनि सागरनै घोषित भए ।
त्यसैगरी आज भएको दोस्रो खेलमा वडा ५ ले वडा ३ लाई ३ का विरुद्ध शून्य गोल अन्तरले हराएको छ । ५ नम्बरका हिरा लामाले एक गोल र खड्कलाल मुक्तानले २ गोल गर्दै ५ नम्बरलाई फेमीफाइनलमा पुयाएका हुन् । खेलको म्यान अफ द म्याच खड्कलाल मुक्तान घोषित भएको खेलकुद विकास समितिका सदस्य रवीन्द्र थिङले बताए ।
त्यसैगरी आजै सम्पन्न तेस्रो खेलमा वडा नम्बर ७ विजयी भएको छ । घरेलु मैदानमा वडा ७ ले ९ लाई २का विरुद्ध १ गोल अन्तरले पराजित गरेको थियो । वडा नम्बर ७ को तर्फ बाट सागर चेपाङले २ गोल गरेका थिए भने ९ को तर्फबाट रिजन बर्तौलाले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच चेपाङ घोषित भए । त्यसैगरी आज भएको चौथो खेलमा वडा नम्बर ८ विजयी भएको छ । ८ का खेलाडी राजन स्याङ्बोले ४ नम्बरको पोष्टमा ५ गोल गरेका थिए भने ४ नम्बरले भने कुनै पनि गोल फर्काउन सफल भएन। खेलको म्यान अफ द म्याच राजन स्याङ्बो घोषित भए ।गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको शुक्रबार हुने पहिलो सेमीफाइन खेल वडा नम्बर १० र ७ बीच र दोस्रो खेल वडा नम्बर ८ र ५ बीच हुने समितिका संयोजक मोहन वाईवाले बताएका छन् ।
विजेताले १ लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । कैलाश ९ स्थित नामटार खेल मैदानमा जारी प्रतियोगिताको फाइनल भिडन्त शनिबार हुने जनाइएको छ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







