Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

कैलाशको अध्यक्ष कप फुटबलको सेमिफाइनल समीकरण पुरा

Screenshot_20250227_20302-1740667535.jpg

१५ फागुन,हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको  सेमीफाइनलको समीकरण पुरा भएको छ। बुधबारबाट सुरु भएको पालिका स्तरीय अन्तर वडाकप फुटबलमा विहीबार  चार खेल सम्पन्न भएसंगै कपको सेमीफाइनलका समीकरण पुरा भएको हो। बिहीबार भएको पहिलो  खेलमा वडा १० ले वडा ६ लाई २ का विरुद्ध शून्य  गोल अन्तरले पछि पार्दै सेमीफाइनल प्रवेश गरेको छ । वडा १० का लागि सागर बलले २ गोल गरेका थिए भने खेलको म्यान अफ द म्याच पनि सागरनै घोषित भए ।
त्यसैगरी आज भएको दोस्रो खेलमा वडा ५ ले वडा ३ लाई ३ का विरुद्ध शून्य गोल अन्तरले हराएको छ । ५ नम्बरका हिरा लामाले एक गोल र खड्कलाल मुक्तानले २ गोल गर्दै ५ नम्बरलाई फेमीफाइनलमा पुयाएका हुन् । खेलको म्यान अफ द म्याच खड्कलाल मुक्तान घोषित भएको खेलकुद विकास समितिका सदस्य रवीन्द्र थिङले बताए । 
त्यसैगरी आजै सम्पन्न तेस्रो खेलमा वडा नम्बर ७ विजयी भएको छ । घरेलु मैदानमा वडा ७ ले ९ लाई २का विरुद्ध १ गोल अन्तरले पराजित गरेको थियो । वडा नम्बर ७ को तर्फ बाट सागर चेपाङले २ गोल गरेका थिए भने ९ को तर्फबाट रिजन बर्तौलाले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच चेपाङ घोषित भए । त्यसैगरी आज भएको चौथो खेलमा  वडा नम्बर ८ विजयी भएको छ । ८ का खेलाडी राजन स्याङ्बोले ४ नम्बरको पोष्टमा  ५ गोल गरेका थिए भने ४ नम्बरले भने कुनै पनि गोल फर्काउन सफल भएन। खेलको म्यान अफ द म्याच राजन स्याङ्बो घोषित भए ।गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको शुक्रबार हुने पहिलो सेमीफाइन खेल वडा नम्बर १० र ७ बीच र  दोस्रो खेल वडा नम्बर ८ र ५ बीच हुने समितिका संयोजक मोहन वाईवाले बताएका छन् ।
विजेताले  १ लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  कैलाश ९ स्थित नामटार खेल मैदानमा जारी प्रतियोगिताको फाइनल भिडन्त शनिबार हुने जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार