Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

इन्द्रसरोवर घटना: प्रतिकारमा घाइते हुने आफ्नै छोरा, उपचारको क्रममा मृत्यु

FB_IMG_1712278017130-1740739967.jpg

१६ फागुन, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा आँखामा खुर्सानीको धुलो छर्की चोरी गर्न एक घरमा पुगेका र सो घटनामा घरधनीको प्रतिकारमा गम्भीर घाइते भएका पुरुषको मृत्यु भएको छ भने मृतक व्यक्ति भ्लोन दम्पतीकै छोरा भएको पुष्टि भएको छ। 
बिहीबार राति इन्द्रसरोवर ३ अदुवा बारीमा स्थानीय मिन बहादुर भ्लोन र निजकी श्रीमती देवी माया भ्लोनलाई आँखामा खुर्सानीको धुलो छरी लुटपाट गर्न खोज्दा देवी मायाले घरेलु औजारले प्रतिकार गर्दा गम्भीर घाइते निज दम्पतीको जेठो सुपुत्र ३८ वर्षीय भरथ बहादुर भ्लोन भएको पहिचान खुलेको हो।

निज भ्लोनको  चितवन स्थित भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । पहिचान हुन नसकेको अवस्थामा निजका माइलो भाइले मृतकको पहिचान गरेको प्रवक्ता अर्यालले बताएका छन् ।

त्यसैगरी घटनामा घाईते भ्लोन दम्पतीलाई थप उपचारको लागि काठमाडौं पठाइएको जनाइएको छ। उनीहरुलाई निजका छोरी कुमारी भ्लोनले उपचारको लागि लगेको प्रवक्ता अर्यालले जनाएका छन्। घटनाको इलाका प्रहरी कार्यालय भिमफेदी र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार