१७, फागुन, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा जारी पालिका स्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १० ले प्राप्त गरेको छ। डिफेन्डिङ च्याम्पियन समेत रहेको वडा नम्बर १० ले शनिबार सम्पन्न वडा नम्बर ८ विरुद्धको फाइनल खेलमा अध्यक्षकप फुटबल प्रतियोगिता माथि उपाधि कब्जा गरेको हो।
कैलाश ९ स्थित नामटार खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १० ले वडा नम्बर ८ लाई पेलान्टी सुट आउटमा ८-७ गोल अन्तरले हराउँदै वडा १० विजयी भएको हो । उपाधि सँगै वडा १० ले नगद एक लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता बनेको वडा ८ ले ६० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । फाइनल खेलकाे पहिलाे हाफ बराबरी भएको थियाे । खेलकाे १७ औं मिनेटमा १० नम्बर वडाका सुर्य थिङ्गले पहिलाे गाेल गरेका थिए भने वडा ८ का देवदुत नेगीले २३ औं मिनेटमा गाेल फर्काउँदै बराबरीमा पुर्याएका थिए । दाेस्राे हाफमा दुबैतर्फबाट गाेल गर्न असफल भएपछि खेल पेलान्टी सुट आउटमा पुगेकाे थियाे । पेलान्टी सुटआउटमा दुवैतर्फबाट बराबरी ५-५ गाेल भएको थियाे भने सडनडेथमा ३-२ गाेल भए सङ्गै ८-७ गाेल अन्तरले वडा नम्बर १० विजयी भएको हाे । खेलको म्यान अफ द म्याच वडा १० का गाेलरक्षक विशाल वाईवा घोषित भए ।
गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता भएको हो । समितिका संयोजक मोहन वाइवाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । अध्यक्ष मुक्तानले विजेता र उपविजेतालाई पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट उदयीमान खेलाडी वडा ८का विपु मुक्तान, उत्कृष्ट फरवार्ड वडा १० का सागर बल, उत्कृष्ट डिफेन्डर वडा १० सुर्य थिङ्ग, उत्कृष्ट मिडफिल्डर वडा ८ का विपु मुक्तान , खेल अवधिमा धेरै गोलगर्ने वडा ८ का खेलाडी राजन स्याङ्बाे(६गाेल), उत्कृष्ट गोलरक्षक वडा १०का विशाल वाइवा र सर्वाेत्कृष्ट खेलाडी वडा १० अनित सिंतान घोषित भए । उनीहरुलाई ट्रफि प्रदान गरिएको थियो ।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल विशेष आतिथ्यता रहेकाे कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष भुवन सिं घलान, वडा १०का अध्यक्ष सुर्य बहादुर ब्लाेन वडा ८ का अध्यक्ष आशिष प्रजा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जाेशी, कालिका माविका प्रअ रामप्रसाद कालाखेती, प्रहरी चाैकी नामटारका ईन्चार्ज हिराबहादुर श्रेष्ठ लगायतकाे आतिथ्यता रहेकाे थियो ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







